हाम्रो बारे

प्रकाशकीय/सम्पादकीय

अनलाइनको भिडभाडमा इडटपेन पनि किन ?

ईन्टरनेटका माध्यम कला साहित्य मनोरन्जन सहित देशदुनियाको खवर पस्कने समाचारकोे थाली ‘इडटपेन’रुपमा आएको छ । ‘कल्तीकल्टीका अनलाईन भए, बिश्वसनिय सत्यतथ्य समाचारका लागि अनलाईन पत्याउनैं गाहे भए, समाचारमा एबिसीको सिद्धान्त र समाचारको पुर्णअंशका लागि छधजको प्रयोग कहि देखिदैन, सहि सूचना र सन्देशको माध्यमबाट समाजलाई मार्गर्दशन भन्दा पनि दिगभ्रमित पार्ने अनलाईन खवर बढी भए, भन्ने कुराहरु हामीले सुन्ने गरेका छौं । त्यसैले पाठकका अनलाइन पोट्रोल प्रतिका पाठकको गुनासो प्रति हामी सम्वेदनशिल भएर हामी हाम्रो प्रतिवद्धता सहित बिचार , दृष्टिकोण , उद्देश्य र कामको शैली बारेमा प्रस्ट पार्दछौं की, डिजिटल समाचारको हाम्रो थालीमा तपाई पाठकहरुले पाउने सामग्री बिश्वसनिय, सत्यतथ्यमा अधारित हुने छन । पक्कै पनि हामी डिजिटल मिडियाको भिडभाडमा फरक देखिने कोशिस गर्ने छौं । हामी हाम्रो सिद्धान्त पथबाट बाहिरिन खोज्दा औला ठडयाएर गल्ती कमीकजोरीलाई औल्याएर कमेन्ट बक्स सार्वजनिक रुपमैं कमेन्ट गरेर हाम्रो मार्ग दर्शन डिजिटल पाठकले गर्नु हुने छ भन्ने अटल बिश्वास पनि गर्दछौं ।
प्रतिवद्धता
हामी समाचार सामग्रीमा पहिलो कुरो एबिसी सिद्धान्त लागु गर्ने छौं । समाचार पुर्ण अंशको बनाउनका लागि छधज प्रयोग भएको पाउनु हुनेछ । बिश्वसनियता प्राप्ती सत्य र तथ्यमैं हो । पत्रकारिताको न्यायपुर्ण धर्म अवाजबिहिनहरुको अवाजलाई बुलन्द पार्नु मात्रैं होईन, पिडितलाई न्याय दिलाउन सक्ने गरि निरन्तर वकालत पनि हामी गरिरहने छौं । हाम्रो ईलोक्ट्रनिक डटपेनको गति कहि रोकिने छैन , डगबगाउने छैन । हामी सदैं ब्यक्तीको ब्यक्तित्वमा कुनैं ऑच पुग्न दिने छैनौं । त्यस्तैं समाजिक ,ब्यवसायिक संघसस्थाको प्रतिष्ठामा असर पर्ने कुरामा ख्याल गर्ने छौं । राजनितिक दल हुन वा तिनका भातृसंघसंगठन प्रति बिचार आस्थालाई कुनैं आग्रहपुर्वाग्रह ढंगबाट खलल पुगाउने छैनौं । हामी यसमा सदैं प्रतिवद्ध रहने छौं भन्नेमा पुनः बिश्वास दिलाउछौं । तर हामी समाज र राष्ट्रका लागि हितकारी सन्देश वाहकका इडटपेन खरो उत्रिने छौं । हामी जति सक्दो लेखनको सभ्य सरलता र सरलीकरण शैली अपनाउने कोशिषमा रहने छौं । सवैलाई समान र सम्मान पकट गर्ने शब्दको प्रयोग गर्ने प्रयत्न गर्ने छौं । तरपनि शुद्धाशुद्धिबाट र कहिले काहि मानविय अन्य त्रुटी÷ गल्ती कमीकजोरी हामीबाट हुनैं सक्दैंन भन्न सक्दैनौं तर हामी आफना कमीकमजोरी र गल्तीहरुलाई सहर्ष स्वीकार्ने छौं । यसका सदैंव मार्ग दर्शन गर्नु हुने छ भन्ने अपेक्षा समेत प्रकट गर्छाै ।