एआइ सम्वन्धी कार्यशला सम्पन्न

धनगढी-सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा दत्त जोशीको पहलमा धनगढीका बिभिन्न कलेजमा अध्यायनरत एआई र आइटी इन्जिनियरिंग लगायतका प्रविधि शिक्षा लिइरहेका४० जना भन्दा बढी बिद्यार्थिहरुलाई तिन दिने तालिम उपलब्ध गराएको छ ।
शनिवार अन्तिम दिन संसाद डां. जोशीले प्रदेश सरकार समाजिक मन्त्रालयका मन्त्री मेघ बहादुर खडका , समाजिक समितिका सभापति धर्मराज पाठक , काग्रेसका पदम शाही , एमाले पदेश संसदिय दलका उप नेता सन्तोस शर्मा माओवादी दलका सचेतकअक्कल बहादुर रावल लगायतका निति निर्माण तह  प्राज्ञिक बिद्यान र ब्यवसायिक प्रतिष्टानका ब्यक्तिहरु  संग पनि सहभागी बिद्यार्थिहरु लाई अन्तकृयात्मक  गराईएको छ । छलफल कार्यक्रममा सहभागि बिद्यार्थिहरुको  एआइको शिक्षा प्राप्त गरेर पनि इन्टरसीप गर्नका लागि राजधानी लगायतका बाहिर जानुपर्ने अवस्था रहेको बताए । त्यस्तै अर्का नास्टका बिद्यार्थि मनोज शर्माले कलेजमा सिद्धान्तको अध्यायन गर्ने अवसरपाइरहेको भएपनि एआईको ब्यवहारिक शिक्षा लागि स्पेश नभएको बताए सरकारी स्तरबाट इन्टरसिपका लागि मात्रै भएपनि एआइ पढने बिद्यार्थिहरुका लागि सहयोग प्राप्त हुनुआवश्यक रहेको बताए ।

कठमाण्डौ बिश्वबिद्यालयका एआइ बिभागका प्रमुख एंव एआईबिज्ञ डां. यंज्ञराज पाण्डेयले यस क्षेत्रमा एआई पढने बिद्यार्थिहरुका लागि प्रदेश सरकार स्तरबाट इन्टरसीप गर्न लागि भएपनि आर्टिफिसियल इन्टेिलजेन्स सेन्टरको स्थापना गर्न आवश्यक रहेको बताए । यस अवसरमा पर्यटन तथा होटल ब्यवसायी प्रकाश भट्ट , कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा , नागरिक समाजका अगुवा प्रमोद पाठक , नास्ट कलेजका प्रिन्सिपल प्रेम बहादुर चन्द , चैतन्य कलेजका कटक बहादुर सिह , शिक्षा बिद् शिवहरि मुडवरी , लगायतका सहभागीहरुलेसमेत नया पविधि बिकासलाई अवलम्वनुगर्नु अहिलेको आवश्यकता रहेको बताए ।
सहभागी बिद्यार्थिहरुले समाजिक  मन्त्री खड्कालाई एआई सेन्टर स्थापनाका लाग ध्यानाकर्षण पत्र पनि बुझाएका छन