धनगढीः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज बुधवार सम्पन्न भएको छ।
धनगढी उपमहानगरपालिका द्वारा ३४ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गरिएका गतिविधिहरूलाई आज एक समारोहमा धनगढी(१, जेन्जी मार्गमा १६ दिने अभियानमा गरेका गतिविधिहरूको जानकारी गरि दिप प्रज्वलन सहित समापन समेत गरियो ।त्यस्तै
कैलाली बहुमुखी क्याम्पसमा सशक्त महिला, समृद्ध नेपाल संस्था, गैर सरकारी संस्था महासंघ नेपाल, लैङ्गिक हिंसा विरुद्ध संयुक्त राष्ट्र संघको अभियान युनाइट युरोपियन युनियन र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा संयुक्त रुपमा एक कार्यक्रमकाबीच नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका दौरान आयोजना गरिएका कार्यक्रमहरुको समिक्षा गरिएको छ।
विश्व व्यापी रुपमा यसवर्ष ‘सबै महिला तथा किशोरीमाथि हुने डिजिटल अनलाइन हिंसा अन्त्य गरौँ’ भन्ने साझा अभियान तय गरिएको थियो। नेपालमा भने ूप्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौूँ भन्ने नारा तय गरिएको थियो।

इडटपेन 









