गृहमन्त्री अर्यालले जेन्जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मुख्यमन्त्री कार्यालयको स्थलगत निरीक्षण गरे

धनगढी -गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन प्रदेशको भ्रमणमा आउनुभएका गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको भौतिक अवस्था तथा सञ्चालन व्यवस्थाबारे जानकारी लिन निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा पुगेको क्षेती तथा हाल पुनःसञ्चालनका लागि भइरहेको व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो।
गृहमन्त्री अर्यालले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा प्रशासनिक सेवा नियमित गर्ने कार्यमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।