धनगढी -गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदेश निजामती कर्मचारीहरुले संघ, प्रदेश तथा स्थानीय तहका निजामती कर्मचारीहरूको मर्यादाक्रम सम्बन्धी विषयमा ध्यानाकर्षण गराएका छन्।
उपसचिवहरूले गृहमन्त्री अर्याललाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले सम्वत् २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको भावनाअनुरूप समान तहरश्रेणीका कर्मचारीहरूको मर्यादाक्रम तीनवटै तहमा एउटै रहनुपर्ने माग उनीहरूले राखेका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ूसर्वोच्च अदालतको मिति २०७८ माघ १२ गतेको पूर्ण इजलासको निर्देशनात्मक आदेश ९रिट नं। ०७८(धय(०१६३० अनुसारसमेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट व्यवस्था भए पनि व्यवहारमा संघका अधिकारीलाई प्राथम्यता दिइनुले कर्मचारीबीच विभेदकारी मानसिकता उत्पन्न भएको छ।ू
प्रदेश उपसचिवहरूले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीबीच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइने हो भने संघीय प्रशासनिक संरचना थप प्रभावकारी, समन्वित र कार्यशील हुने टिप्पणी गरेका छन्।

इडटपेन 








