धनगढी -कैलाली उद्योग बाणिज्य संघले मंसिर २२ गतेको क्यालेनडरमा आयोजना गर्दै १९औं संस्करणको सुदूरपश्चिम महोत्सव सोमवार भोली सन्चालनमा आउने छ ।
धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा सन्चालन गरिने महोत्सव पुस २ गतेसम्म लाग्ने छ ।
आयोजकले मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गर्दै महोत्सवको तयारी पूरा गरिसकेको आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने भनिएको छ ।
तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ। महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन्।
कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निशुल्क रहने छन्। महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटदर तोकिएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

इडटपेन 








