कैलालीका पाँचवटै क्षेत्रबाट काग्रेसका प्रतिनिधि सभाका उम्मेदवारको नाम सिपारिस

धनगढी नेपाली काग्रेस कैलालीका क्षेत्रिय समितिले जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रबाट अगामी २१ फागुनका लागि हुने भनिएको संघीय प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवार सिफारिस गरेका छन् ।
कांग्रेस कैलालीका प्रवक्ता तपेन्द्र भुषालका अनुसार पाँचवटै क्षेत्रले इच्छुक उम्मदवारको नाम जिल्लामा पठाएका छन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कम्तिमा एक महिलासहित तीन जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन भए पनि क्षेत्रीय समितिले भने १० ज नाको नामसम्म सिफारिस गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा। रणबहादुर रावल र रामजनम चौधरीको नाम सिफारिस भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले मुख्य मन्त्री कमल बहादुर शाहा, मोहन सिह राउठर , हिम ।ावल विजयबहादुर स्वाँर लगायतका रहेका छन । कैलाली– ३ को क्षेत्रीय समितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी लगायतको नाम सिफारिस भएको छ । यस्तै,क्षेत्र नम्बर ४ कैलालीले बीर बहादुर बलायर केन्द्रीय सदस्य नैनसिह महर टेराज जोशीसहित सात जनाको नाम सिपारिस भएको छ । क्षेत्र नम्वर ५बाट डा आरुजु राणा देउवा , बर्तमान सासंद डिल्लीराज पन्त , प्रदेश महामन्त्री एंव पुर्व जिल्ला पार्टी सभापति नरनरायण शाहा मनु र पुर्व मेयर नृप ओड सिपारिस भएका छन । पार्टीका तर्फबाट राज्य र सत्ताको कुनै लाभ पदमा नबसेका पुर्व पार्टी सभापति शाहा मात्रै हुन । डा आरुजु यस क्षेत्रबाट एक पटक पराजित भईसकेकी उम्मेदवार हुन । हाल अहिले सामनुपातिकबाट सासंद भएकी छिन ।