ढिलै भएपनि सहकारीले दियो गाउमा उजालो

(धनगढी) पुर्व पश्चिम राजमार्ग स्थानिय बजार सुख्खढ नेशनल ग्रिडको लाईन तानिए पछि राजमार्ग दायाबायाका बस्तीमा पनि बत्तीको उजालोको लोभ स्थानियलाई लाग्न थाल्यो ।
टुकीको उजालोमा बिद्यार्थिहरुले पढनु पर्ने, गृहणीले चुलोमा आगो टोस्नु पर्ने, प्रचण्ड गर्मिमा हात फंका चलाउन पर्ने दिनहरु छुटनका लागि गाउमा बत्ती लाइन पुग्नपर्ने थियो । त्यसैले बत्तीको लाईन बिस्तार नभएका राजमार्गबाट २ किलोमिटर दायाबायाका बस्तीका बासिन्दा बत्तीका लागि बारम्वार बिद्युत प्राविधिकरण र चुनावमा भोट माग्न आउनेलाई लाई पनि बत्तीको माग राख्न थाले ।
‘सुनवाई नभएको बर्षाै बितेको थियो’ घोडाघोडस् सामुदायिक ग्रामिण बिद्युत सहकारी सस्था लिमिटेडका अध्यक्ष भिम बडुवालले भने,‘बिद्यार्थि राजनिति छोडेर म गाउमा बिकासवादी राजनिति गर्छु भनेर भर्खर फर्केको थिए ।’ उनी नेपाल बिद्यार्थि संगका केन्द्रय समितिका पुर्व महामन्त्री हुन । उनी २०६४को संबिधान सभाको चुनावमा गाउ फर्केका थिए ।
गाउको समस्या बिद्युतिकरणका थियो । ‘गाउको बिकासका लागि पहिलो कदम गाउमा उजालो पुगाउनु थियो’ बडुवालले भने,‘ त्यसका लागि प्राविधिकरणमा बुझ्न गए ।’ केन्द्रमा प्राविधिकरणको सामुदायिक बिदूतिकरण बिभाग रामेश्वर यादवले उनलाई उनलाई गाउमा बिद्युतिकरणको फास्ट ट्रयाक भनेको सहकारी सस्था माध्यम ग्रामिण बिद्युतिकरणको कुरा सुझाए ।


‘त्यसपछि बेर नगरेर घोडाघोडी ग्रामिण बिद्युत प्राधिकरण सहकारी सस्था दार्ता ग¥यौं’ उनले भने,‘ बिधिगत रुपमा २०६६मा सहकारी सस्था दर्ता भयो ।’त्यसबेला सरकारले ८० प्रतिशत र सहकारीले २० प्रतिशत रकम लगानी गरेर बिद्युत गाउमा बितरण गर्न सकिने ब्यवस्था थियो । अहिले फेरी ९० प्रतिशत सरकारले लगानी गरि दिने गरेको छ ।
सहकारी सस्था दर्ता गरेर स्थानिय र तत्कालिन गाविसहरुबाट २० प्रतिशत रकम जुटाउन रकम संकलन शुरु गरिएको बताए । तर त्यो काम त्येति सजिलो थिएन । साविकका ८ गाविसका दर्जनौं बस्तीमा उजालो पुगाउनु थियो ।
‘बत्तिको प्रतिक्षामा बसेका गाउलेहरुले यस अभियानलाई सहयोग गरे’उनले भने,‘आवश्यक पर्ने रकम ठुलो भएकोले चाडो उठन सकेन ।’ यस अवधिमा केहि गाउबस्ती सम्म नेशनल ग्रिडलेपनि सहकारीले प्रस्ताव गरेका वडामा बत्ती आफै लगि सकेको थियो । तरपनि सहकारी सस्थाहरुले अध्यरो मुनि बसेका साविकका साढेपानी,दरख उदासीपुर,पहलमानपुर, र रामसहिखरझाला गाविसमा ग्रामिण बिदुतिकरण गर्नु दायित्व थियो । त्यसका लागि साढे १७ करोडको लागत अनुमान गरिएको थियो ।
सहकारी माध्यम स्थानियले करिव साढे ३ करोड रकम उठाउनु पर्ने थियो । त्यैपनि स्थानिय जनताको आर्थिक स्थितीका अधारमा प्रति घरधुरीक १ हजार ५ सय देखी ३ हजार सम्म रकम उठाउने अभियान शुरु भयो ।
साविकको साढेपानी गाविसका बासिन्दाले शुरुवाती अभियानमै ३५ लाख रकम संकलन गरि सकेकाले उनिहरुलाई चाडै सहकारीले बत्ती दिई सक्नु पर्ने बाध्यता पनि थियो । उक्त वडाका बासिन्दा का लागि सहकारीले पहिरो चरणमा छुट्टै गलोवल टेण्डर आह्वान गरेर साढे तिन करोडको लागतमा बत्तीको लाइन बिस्तार गर्ने कार्य पहिला सम्पन्न गरेको सहकारीका अध्यक्ष बडुवालले बताए ।
उजालो पुग्न नसकको घोडाघोडी नगरपालिका वडाहरु १४ करोडमा सहकारी सस्थाले येहि पुसमा उजालो दिएको छ । साविकका ५ गाविस मध्ये उजालो अझै नपुगका चार गासिव हाल घोडाघोडी नगरपालिकामा गाविएका दरख, रामसिशखरझाला, पहलमानपुर र उदासीपुरका १० हजार घरधुरीलाई बत्तीको लाई बिस्तार गरेको छ ।
‘ग्लोवल टेण्डरबाटै प्राविधिकरणले ठेक्का दिएको ३२ महिना पछि कार्य सम्पन्न भयो’उनले भने,‘ ठेक्का सम्झौता अनुसार ठेकादार कम्पनीले काम नगर्दा अलिकता ढिलो बस्तीमा उजालो पुग्यो ।’


उनले एक सय केवीका ३९ ट्रानसमिटर गाउमा जडान गरेर बत्तकिो लाईन बिस्तार गरेको बताए । बत्ती पुगेपछि धान कुटने गहु पिस्ने मिल गाउमै स्थापना हुन थालेका छन । गृहणीको चुलो ईलोक्ट्रकिन भएको छ । बिद्यार्थि टुकीको उजालोमा पढनु परेको छैन । घर घरमा रिफेजेर फंक चल्न शुरु भएको छ । बत्तीको उजालोले सुगमता दिएको स्थानिय बिर बहादुर बोहराभने ।
सहकारी सस्थामा काम गर्ने स्थानियनै हुने भएकाले कसैले बिलिंग कसैले वारिंगको कसैले केहि काम पाएका छन । बत्तीको महशुल पनि सहकारीले सरकारी रेटदरनै कायम गरेको छ । अध्यक्ष बडुवालले बत्ति जडान गर्ने ग्राहकनै सहकारी सस्थाका शेयरधनी हुने भएकालेपनि भविश्यमा महशुल दर अझ घटाउने बढाउने उनिहरुकै हातमा रहेको बताए । उनले भने,‘ जसको बत्ती बलेको छ । उहि सहकारी सस्थाको शेयर धनी भएकोले भोली पुरै निशुल्कमा बत्ती को सुबिधा पनि पाउन सक्छन ।