धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु)ले कैलाली जिल्लामा क्रीयाशील सदस्यता नविकरण र नयाँ फाराम बितरणमा अन्नौला देखिएको बताएका छन । उनले समाजिक सन्जाल मार्फत नै नेपाली काँग्रेस कैलालीले जिल्लाका कतिपय वडाहरुमा आवश्यकता अनुसार तोकिएको संख्या बराबरको क्रीयाशिल सदस्यता नविकरण फारम अहिलेसम्म उपलब्ध नभएको बताएका छन ।
उनले क्रीयाशील सदस्यता नविकरण फारम केन्द्रले अन्तिम समयसीमा पौष ९ गते तोकिएको जानकारी दिएका छन । उनका अनुसार केन्द्रले क्रियासिल सदस्यताको नविकरण फाराम पौष ९ गते भित्र वडामा पुगि सकनु पर्ने थियो । तर प्रक्रियागत प्रकृयामा ढिला भइरहेको बताएका छन ।उनलक्रीयाशील सदस्यता बितरण र संकलनमा प्रक्रियागत प्रकृयामा अन्नौलता नराख्न र चाडो पुर्याउन आग्रह समेत गरेका छन ।
उनले वडाहरुबाट क्रीयाशिल सदस्यताको नामावली आफुभन्दा उपल्लो निकायमा पठाउँदा कार्यसमितिको बैठक बसि अनिवार्य रहेको निर्णय प्रक्रिया कतिपय वडाहरुले अवलम्बन गरिरहेको नपाइएको बताएका छन । केन्द्रले यहि पौष १० गतेसम्म अन्तिम म्याद दिएको नयाँ क्रीयाशिल सदस्यता वितरण र जम्मा गर्ने कार्यको लागि आवश्यक फारमहरु हालसम्म पनि वडाहरुमा नपुग्नुको कारण सोधेका छन । उनले सरोकारवाला निकायहरुले यो महत्त्वपूर्ण एवं संवेदनशील कार्यलाई अत्यन्तै सुझबुझका साथ संगठनका लागि आफ्नो पहिलो कर्तव्य र दायित्व सम्झेर सक्रियताका साथ इमानदारीपुर्वक जिम्मेवारी निर्वाह गर्नुहुन आग्रह छन ।

इडटपेन 








