संघिय लोकतान्त्रिक आन्दोलनका योद्धा हुन, नारायणदत्त भट्ट

घनगढी- नेपाली काग्रेस पार्टी कैलालीका सभापति नारायणदत्त भट्ट नेपालको संघिय लोकतान्त्रिक आन्दोलनका योद्धा हुन भन्दा कुुनै कन्जुस्याई गर्नुु हुदैन भन्ने यो पंक्तिकारको प्रथम कथन नै हो ।
जनआन्दोलन–२ को कैलाली आन्दोलनका नेतृत्कर्ता सात दलका तत्कालिन जिल्ला सभापति मध्येका एक थिए , नारायणदत्त । उनी तत्कालिन नेपाली काग्रेस प्रजातन्त्रिक पार्टीका कार्यवाहक सभापति थिए।  , भट्टको निकै जोशिलो उर्जाले आन्दोलनकारी कार्यकर्तालाई राप दिइरहेको हुन्थ्यो । उनी आन्दोलनको अग्रमोर्चाको कमान्डिंग गरिरहेका हुन्थ्ये । आन्दोलन दवाउन परिचालित सुरक्षाकर्मिको पहिलो ट्रागेटमा उनि जहिले पनि हुन्थ्ये ।
सदैजसो क्याम्पस चोकबाट आन्दोलनकारीको जुलुस मुख्य बजार हुदै अघि बढ्दै ट्राफिक चोकमा पुुगेर कोण सभामा प्रणित भएर सकिन्थ्यो । २०६२ चैत्र २८गते दिउसो को दिन पनि आन्दोलनकारीको बिशाल जुुलुस क्याम्पस चोकबाट निस्कीयो । उक्त बिशाल जुुलुस जिल्ला वन कार्यालय नजिकै पुग्दै गर्दा सशस्त्र , दंगा र नेपाल प्रहरी एक्कासी दमनमा उत्रियो । प्रहरीको घेराबन्दी भित्र रामधुलाईमा परेकाअन्य आन्दोलनकारी घाईते  एक/एक गरि भाग्न सफल भए । तर प्रहरीको टार्गेटमा रहेका नेता भट्टलाई  प्रहरीले उम्कन दिएन ।महाभारतका अभिमन्यु जसरी नेता भट्ट  सुरक्षाकर्मिको घेरावन्दीमा पर्न पुुगे । प्रहरीले बा“सको डन्डा नभाचुुन्ज्येल मुर्छित पार्ने गरि कुटे ।

जनआन्दोलनमा प्रहरी द्धारा निर्घात कुटपिट गर्दै गरेको फाईल तस्विर

मर्‍यो भनेर प्रहरीले आन्दोलनकारीकै जिम्मा लगाई दिएका भट्टलाई तत्काल उपचारार्थ भारतको लखिमपुर लगिएको थियो ।त्यसबेला भट्टको ‘हिप’ पुर्णरुपमा भाचिएकोले कम्मर मुनिको भाग नचल्ने भएको थियो । नजिकैको भारतिय सिमावर्ति शहर लखिमपुरमा उपचारार्थ सम्भव थिएन । त्यसपछि उनको उपचार काठमाण्डौ टिचिंग र मनमोहन काडोलेष्जिट अस्पतालमा गर्न भर्ना गरिएको थियो । उक्त अस्पतालले समेत अप्रेसनका लागि उनलाई डिल्ली भारतको एपोलो अस्पतालमा रिफर गरेको थियो । करिव २२ महिना अस्पताल भर्ना भएर उनी बाचेका हुन । अहिले पनि उनी पुर्णरुपले ठिक भएका छैन ।

जनआन्दोलनमा प्रहरी द्धारा निर्घात कुटपिटमा पछि अधिकारकर्मि उद्धार गरि ल्याउदै गरेको भट्टको फाईल तस्विर
चिकित्सकले हिपको वोनको भाग १५/२० बर्ष पछि बदल्नु पर्ने सल्लाहा दिएका छन । बिचि बिचमा दुखाई बढे पछि पुन: अस्पताल जाने गरेका छन । सरकारले उपचारमा ब्यहोरेको खर्च बाहेक त्यसबेला उनको ४ लाख जति आफनो पनि लागेको बताउ“छन । पछिल्लो पटक चिकित्सकलाई देखाउदाको खर्च आफैले तिर्ने गरेका छन ।
धनगढी उत्तरबेहडीको घर भएका भट्ट अपाङग पछि पनि नेपाली काग्रेसको राजनितिमा सक्रिय मात्रै भएर मात्रै बसेन्न । पार्टीलाई बलियो र संगठित गर्ने अभियानमा उनको जोशिलो उर्जा निरन्तर पैदा भइरह्यो । नेपाली काग्रेस १४ महाधिबेशनबाट उननलाई कार्यकर्ताले कैलालीको नेतृत्व पदमा पनि पुुगाएका छन ।


राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज ११ गते बिहिवार नौं बजे देखि मतदान प्रकृया शुरु भइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट अपांग आरक्षित सिटबाट नेपाली काग्रेस कैलालीका पार्टी सभापति नरायण दत्त भट्ट पनि उम्मेदवार बनेका छन । भट्ट सत्ता गठवन्धनबाट उम्मेदवार बनेका छन ।
यस अर्थमा संघिय लोकतान्त्रिक ब्यवस्थाको लडाईको अग्रमोर्चामा लडेका योद्धा भट्ट राष्ट्र , राष्ट्रियता र पार्टीका लागि योगदान दिनेको मुल्यांकन कुुनै न कुनै बेला अविश्य हुने बताउछन । ‘आफनो उर्जालाई जति धेरै समय पार्टीका लागि खर्चियो , समयलाई पर्खन सकियो , धर्य गर्न सक्ने क्षेमता राख्न सक्यो भने पार्टीको नेतृत्वपंक्ति र कार्यकर्ता दुवैबाट माया , मुुल्यांकन र सम्मान सवैथोक प्राप्त हुन्छ , यसमा म अटल बिश्वस्त छुु ।’ उनले भने ।

भट्टको राजनितिक यात्राशुुरुवात
* नेबिसंघ सदस्यता– २०३४
(त्रिनगर मावीमा कक्षा ८मा पढदापढदैं तत्कालिन बिद्यार्थि नेता एंव अहिले कैलाली क्षेत्र नम्वर ५का प्र्रतिनिधि सभा सदस्य  डिल्ली राज पन्तबाट सदस्यता लिएका हुुन )
*२०३६ र २०४२को सत्याग्रह आन्दोलनमा सक्रिय सहभागिता
*२०४३मा वडा अध्यक्ष निर्वाचित (प्रजातन्त्रवादी मोर्चाबाट)
* २०४६को जनआन्दोलनमा सक्रिय
* २०४९मा धनगढी नगरपालिका वडा अध्यक्ष निर्वाचित ( .नेपाली काग्रेस)
* २०५४मा धनगढी नगर कार्यपालिका सदस्य
* २०५८मा नेपाली काग्रेस प्रजातन्त्रिक जिल्ला सदस्य
*२०५९मा नेपाली काग्रेस प्रजातन्त्रिक पार्टीका कार्यबाहक जिल्ला सभापति
* नेपाली काग्रेस र प्रजातन्त्रिक एकिकरण पछि जिल्ला उपसभापति
* नेपाली १२ र १३औं महाधिबेशनबाट महासमिति सदस्य
* नेपाली काग्रेस १४ औं महाधिबेशनबाट कैलाली जिल्ला सभापति पदम ानिर्वाचित

फर्केर हेर्दा
का स्तम्भकार नारदऋषिलाई आफनो ापात्रको बर्णन खोज कथनमा सम्पाादयिक टिमको कुुनै हेराफेरी हुदैन ।