धनगढी-साताब्यापी भारतको ऐतिहासिक भ्रमणमा रहेका मुख्यमन्त्री कमल बहादुर शाहा नेतृत्वको सुदूर पश्चिम प्रदेश सरकारको १० सदस्यी टोली मंगलवार गौरीफन्टा नाका हुदै फर्केको । भारत सरकारको औपचारिक निम्तोमा गत साता भारत भ्रमणमा मुख्य मन्त्रीको टोली आफनो प्रदेशको सिमावर्ति भारतका उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्री संग भेटबार्ता गरेर फर्केको छ । दुुई अन्तरदेशिय सिमा प्रदेशका मुख्यमन्त्री संगको भेटबार्तामा नेपाली सिमा नाकालाई सहज र सरलीकरण सहित आपसी बिकासमा साझेदारी अघि बढाउने बिषयमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालय बताएको छ ।
सचिवालयका अनुसार भारतमा बिशष्टि ब्यक्तिहरु संगको भेटघाटमा कृषि , पर्यटन उर्जा लगायतका बिषयमा समेत छलफल भएको छ । मंगलवार मुख्यमन्त्रीको टोली लखनउबाट स्थलमार्ग हुदै गौरीफन्टा धनगढी नाकाबाट आफनो प्रदेशमा प्रवेश गरेका हुन । मुख्यमन्त्री शाहाले भारत भ्रमणमा रहदा भारतका बिदेश राज्यमन्त्री कीर्तिृवर्धन सिह , उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ , उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले ज गुरमीत सिंहसँग छुट्टाछुट्टा भेटवार्ता समेत गरेका छन ।

इडटपेन 









