प्रदेश सरकार र स्थानिय तहका कर्मचारी बिच सहमती

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच सहमती भएको छ । सहमतीसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगीत गरेर काममा फकर्ने भएका छन ।

प्रदेश सरकारले प्रदेश सभामा पेश भइसकेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ ।सरकारले जेठ ११ मा बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्तावको रुपमा विद्येयक ल्याउने बताएको छ । आन्दोलनरत कर्मचारीले आफनो स्थानीय तहमा हाजिर भएर आइतवार काम सुुचारु गर्ने सहमती गरेका छन ।
बार्तामा भौतिक पूर्वाधार विकास मन्त्री  सुरेन्द्र बहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधि बीच  सहमती भएको छ ।