नास्ट कलेजले पायो, इन्जिनियरिङग परिषदबाट स्थायी मान्यता

धनगढी– नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ( नास्ट)ले नेपाल इन्जिनियरिङग परिषदबाट स्थायी मान्यता प्राप्त गरेको छ ।
परिषदको २०८१ चैत्र २२को बैठेकले गरेको निर्णयबाट नास्टलाई बि.ई सिभिल र बि.ई कम्प्युटरमा ४८ जना बिद्यार्थि भर्ना क्षेमता सहित इन्जिनियरिङग शिक्षण सस्थाको स्नातक तहको कार्यक्रमहरुको स्थायी मान्यता प्रादन गरिएको हो । मान्यता तथा अनुुगमन बिनियमावली २०८१को बिनियम ९ (२) अनुसार परिषदबाट स्थायी मान्यता पाउने सुदूरपश्चिमको यो पहिलो सिभिल इन्जिनियरिङग कलेज बनेको छ । ‘यसरी परिषदबाट स्थायी मान्यता पाउने कलेज समेत थोरै औलामा गन्न सकिने जति होलान’ क्याम्पसका प्रिन्सिपल डा. प्रेम बहादुर चन्दले भने,‘ कलेजको गुणस्तरिय शिक्षण बिधि , योग्य शिक्षक , र बिद्यार्थि पढाउन सकिने पुर्वाधार संरचनाका अधारमा मात्रै परिषदले स्थायी मान्यता दिने गरेको छ । ’ उनका अनुसार स्थायी मान्यता नपाएका कलेजले हरेक बर्ष परिषदबाट शिक्षण स्वकृति लिनुपर्ने हुन्छ ।