धनगढी–नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)को आईटि क्लवको आयोजनामा तिन दिने ‘गिट एण्ड गिटहव’ कार्यशाला शुुरु भएको छ ।

सुदूरपश्चिमका नौ वटै जिल्लाका आईटिका बिद्यार्थिहरुको सहभागिता रहेको तिन दिने कार्यशालाको उद्दघाटन नास्ट कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडवरीले गर्नुु भएको छ । उद्दघाटन समारोहमा प्रमुुख अथिती मुडवरीले आइटिका बिद्यार्थिहरुले केहि जान्न र गर्न खोजेका बिषयका कुनैपनि गतिविधिहरुलाई नास्ट कलेजबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुु भयो ।
आई टि क्लवका अध्यक्ष मनोज ओझाको सभापतित्वमा आयोजित उद्दघाटन समारोहका बिशिष्टि अथिती कलेजका प्रिन्सिपल डा. पे्रम बहादुर चन्द र नास्ट प्लसटुका प्रार्चाय उपेन्द्र बमले पनि कार्यशालाको शुुभकामना दिनुभयो । डा. चन्दले प्रविधिको बिकासमा नास्ट कलेजको आईटि क्लव द्धारा आजोजना गरिएको ‘गिट एण्ड गिटहव’ जस्ता कृयाकलाप तथा कार्यशाला गोष्टीले बिद्यार्थिको सिक्ने कलालाई अझ बढी प्रयोगात्मक रुपमा बिकास हुने बताउनु भयो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला, कञ्चनपुरबाट दुुई र दुुई जना र कैलालीका अन्य कलेजबाट ४ र नास्ट कलेजबाट ४० जना गरि कार्यशालामा ६० जनाको सहभागिता रहेको छ । बिभिन्न आईटि कम्पनीका अनुभवी ट्रेनर ई. द्धय पुुष्पराज जोशी र मुकुुन्द प्रसाद भट्टले बिद्यार्थिहरुलाई तालिम दिईरहेका छन । सफ्टवयर कम्पनी प्रोजेक्ट र टिम वर्क कसरी गर्ने र गरेको कार्र्य एकले अर्काेलाई शेयर कसरी गर्ने सम्वन्धी सफटवयर सम्वन्धी ज्ञान दिइने उद्देश्यले तिन दिने कार्यशालाको सिकाई रहने बिसिए बिभागका संयोजक सुनिल बहादुर बिष्टले जानकारी दिए । उनका अनुसार नास्ट कलेजमा २०७९ मा स्थापना भएको आइटि क्लवले कलेज स्तरिय टाइप मास्टर पहिलो र दोस्रो सस्करण आइडिया ट्यांक, प्रदेश स्तरिय भिडियो सम्पादन लगायतका कृयाकलपापहरु सञ्चालन गरि सकेको छ ।

इडटपेन 









