नवीतम प्रविधि र आधुुनिक ब्यवस्थापनको सहकार्य’ सम्वन्धी दुई दिने सम्मेलन

धनगढीे ‘नवीतम प्रविधि र आधुुनिक ब्यवस्थापनको सहकार्य’ सम्वन्धी दुुई दिने सम्मेलन धनगढीको नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी ( नास्ट )मा सूुरु भएको छ ।


बिश्व बिद्यालय अनुदान आयोगको सहयोगमा नास्टले आयोजना गरेको सम्मेलनको उद्दघटन प्रदेश समाजिक बिकास मन्त्री मेघराज खडकाले गर्नुु भएको छ । उद्दघाटन सत्रमा आफनो मनत्ब्य राख्दै प्रमुुथी खडकाले नवीतम प्रविधि र आधुुनिक ब्यवस्थापनका अनुुसन्धानात्मक कार्यहरुबाट देश , ठाउ र समाज आधुुनिकतामा जान सक्ने धारणा राख्नु भयो । वहा“ले सुदूरपश्चिममा प्राविधिक र ब्वस्थापनमा गुणस्तरीय जनशक्ति उत्पादनमा महत्वपुर्ण योगदान पुुगाइरहेको बताए । वहा“ले सुदूरपश्चिमबाट बिदार्थिहरुले प्राविधिक र गुणस्तरीय ब्यवस्थापनको शिक्षाका लागि राजधानी काठमाण्डौ लगायत बाहिर गएर पढनुपर्ने बाध्यतालाई पनि यसले रोक्े प्रयास गरेको बताए ।
नास्टका प्रवन्ध निर्देशक शिवहरि मुडवरीले शिक्षामा प्राईभिट हुदैन, ज्ञान किनबेच हुदैन भन्दै शिक्षाका क्षेत्रमा लगानी मात्र निजी हुने भएकोले शिक्षा सार्वजनिक सम्पतीकै रुपमा लिनुु पर्ने बताए । अमेरिकामा रहेको बिश्वको प्रसिद्ध हार्वड बिश्वबिद्यालय समेत निजी क्षेत्रको लागनी भएको बिश्वबिद्यालय भएको वहा“ले बताए ।
वहा“ले नास्ट स्थापना भएको २५ बर्षमा बि.ई, बिसिए, बिबिए , बिई सिभिल र एमबिए गरि पाच संकायबाट ६हजार बिद्यार्थिहरु ‘पासआवट’ जनशक्ती तयार पारिसकेको समेत जानकारी दिए ।
उक्त उद्दघाटन सत्रमा प्रदेश सभाका सदस्य डां. तारा प्रसाद जोशी , नास्ट कलेजका सस्थापक तथा नेपाल सरकारका पुर्व सचिव किशोरथापा , कैलाली बहुुमखी क्याम्पसका प्रमुख राजेन्द्र बीर चन्द, नास्ट कलेजकै प्रार्चय डा प्रेम बहादुर चन्दले आफनो मनत्ब्य ब्यक्त गरेका थिए । उक्त दुुई दिने सम्मेलनमा कैलाली बहुुमखी क्याम्पस, सुदूरपश्चिम एकेडेमी र नास्ट कलेजका प्राविधिक तथा ब्यवस्थापन संकायका बिद्यार्थिहरुको समेत सहभागिता रहेको छ ।