धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष ०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन ।
प्रदेश सरकारको अगामी आर्थिक बर्षको निती र कार्यक्रमले प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने प्रतिवद्धता लाई जनाएको छ तर अगिल्लो आर्थिक बर्षका जस्तै आकर्षक नारा महत्वकांक्षी योजना र अभियान कुरा मात्रै बढी उल्लेख गरिएको देखिन्छ ।
उद्यम विकासअन्तर्गत ुएक जिल्ला–एक उद्यम गरौं , एक स्थानीय तह–दुई उत्पादन , सामुदायिक वन–प्रदेशको धन ,स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम , सबै आमाको हक–सुरक्षित गर्भ र सुरक्षित जीवन , प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिकु, एक घण्टा–आफ्नै लागि , स्वस्थ बालबालिका सबल नारी र सम्मानित जेष्ठ नागरिक–सुदूरपश्चिमको प्रतिबद्धताु लगायतका नारा नीति तथा कार्यक्रममा राखिएको छ ।
अगिल्ला बर्षको निती र कार्यक्रमले दिदै जोड दिदै आएको प्रदेशको रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा अगामी आर्थिक बर्षको कार्यक्रममा प्रमुखता दिईएको छ । सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारिने कुरा उल्लेख गरेको छ ।
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन मार्फत लगानी भित्राउने बताएको छ । , प्रदेशमा पनि स्टार्टअप कार्यक्रम राखिएको छ । कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकलाई विभिन्न अनुदान उपलब्ध गराउने पुरानै कार्यक्रम यस बर्षको निती र कार्यक्रममा समेटिएको छ ।
प्रदेश सरकारको एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा यस बर्षको महत्वकांक्षी योजनामा परेको छ । प्रदेशका गौरवका आयोजनाको निगरानी गर्न सीएम ‘एक्सन रुम’ स्थापना गर्ने भनिएको छ ।
गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने उल्लेख छ। कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने, नौ वटै जिल्लामा एकरएक नमुना क्याम्पस सञ्चालन गर्ने भनिएको छ । जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रका एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने भनिएको छ ।यस्तै, स्नातक र स्नातकोत्तर तह पूरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीलाई इन्टर्नसिप र स्वयंसेवकका रूपमा परिचालन भनिएको छ ।
डोटीको जोरायल, दार्चुलाको गोठलापानी, बैतडीको खोडपे, कैलालीको टीकापुर लगायतका स्थानहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउने योजना पनि समावेश गरिएको छ।
बाघकोट पर्यटन प्रवर्धन, कृषि उत्पादन केन्द्र स्थापना तथा प्रदेश राजधानीको पूर्वाधार निर्माण प्रक्रियालाई अघि बढाउने कार्यमा नीति तथा कार्यक्रम केन्द्रित रहने जनाइएको छ।
कैलालीको डुडेझारीमा प्रदेशस्तरको आद्योगिक क्षेत्र स्थापनाका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । विगतमा झैं कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकलाई विभिन्न अनुदान उपलब्ध गराउने कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।पर्यटन क्षेत्रको विकास कार्यक्रममा पर्यटन पूर्वाधार–समृद्ध प्रदेशको आधारु, ुबाकावीर पर्यटन प्रवर्द्धन कार्यक्रमु सञ्चालन गर्ने भनिएको छ ।
छ ।

इडटपेन 









