‘बिन्ती छ देश नछोडौ’ गोठालो बिस्तारित हुदै

धनगढी– ‘गोठालो’ नेपाली समाजमा हेपिएको शब्द हो । गाईबस्तुुको हेरचाहा गर्ने अशिक्षित एक सधारण मानिसको अर्थ दिने ‘गाठोलो’ शब्दले दुधजन्यबस्तुुमा अति शुद्धताको पर्यावाची बुुझाउछ । कुनै मिसावट बिना शुद्धदुध कसैबाट प्राप्त गर्न सकिन्छ भने गोठलाबाट भन्ने पनि बुुझिन्छ । किनभने चौपायाको दुुध दुनेनै गोठालो हो ।
धनगढी ११ बेलीका २८ बर्षिय बिवेक बिनाडी स्वरोजगार हुन खोज्दै थिए । उनी संगै धेरै साथीहरु नेपालमा केहि गर्न सकिदैन भनेर बिदेश उडिसकेका थिए । उनी भने नेपालमै केहि गर्न सकिन्छ भन्ने सोचाईमा थिए ।

आफुसंगैका साथीभाई बिदेशको कमाईबाट देखिने हाइफाईबाट उनी आफैलाई हेपिएको महशुुष गरिरहेका थिए । त्यसैले उनले नेपालीसमाजमा हेपिएको शब्द ‘गोठालो’ मन पर्यो । हेपिएको शब्द गोठालो खोजे र त्यससंग सम्वन्धित ब्यापार खोल्न उनी तम्तयार पनि भए ।


उनी भन्छन, गोठालोको जस्तो सफा हृदय कस्को होला ? सफा हृदय बनजंगलमा पशुु संग रमाएर आन्दित जिन्दगी बिताउने गोठालो जति शुद्ध दुुधबाट पोषित बन्छ , उति शुुद्ध र पवित्र मान्छे हो । उ कसैको बिर्गादैन फेरी पनि हामी गोठालोलाई हेप्छौं किन ? त्यसले गोठालो शब्दको सम्मान दिन शुद्ध र गुणस्तरिय दुुधजन्य बस्तुुको ब्यापार गर्न खोजे ।’


उनले २०८० असारको एक दिन मुुर्हत निकाल्दै धनगढीको आवशिय क्षेत्र हसनपुरको ऐश्वर्य बिद्या निकेतन मार्गमा गोठालो बेकरी पसल खोले ।

उनी संग धेरै पुजी पनि थिएन । आफु संग भएको तीन लाखबाट सुरु गरेको उनी बताउछन । गाठोलो नामाकरण दिदै सुरु गरेको वेकरी र नास्ता दोकानमा उनले दुधजन्य उत्पादनका दहि महि पनिर मिठाइ भन्दा चिया चल्यो । सुरु गरेको केहि महिनामा ‘गोठोलो’ डेरीको स्थापित ब्राण्ड नाम ‘गोठालो चिया’ बन्यो ।


गोठालो चियाको मधुुगन्ध धनगढी फैलिएपछि आगुन्तक पहुुना पनि गोठालो चिया खोज्दै आउन सुुरु गरेका छन ।धनगढीका आगुन्तक पाहुनामा कालाकार मनोज गजुुरेल , सर्वाेच्व अदालतका न्यायधिस सपना पधान मल्ल, क्रिकेटर सन्दिप जोरा , मेयर गोपाल हमाल लगायतकाहरु सेलिब्रटी पर्सन समेत गोठालो बेकरीको दैलो टेकोको प्रोपराइटर बिवेक बताउछन । समाजिक सन्जालका चर्चित नाम गडसरी माइला लगायत धनगढीका धनगढीका चियाका पारखीको रोजाई अहिले गोठालो चिया बनेको छ ।


गाठालो स्तोरोन्नती गर्दै अहिले बिवेकले दोस्रो शाखा हसनपुरको डिभाटी , निर्सग र कर्भड हलको चोक राखेका छन । यस बेकरीले आफना ग्राहकहरुलाई चिया संगै स्थानिय पक्व“ानहरुको समेत स्वाद पस्कदै आएको छ ।


बजारमा प्राप्त हुने २५ रुपैयाको चियालाई यहा“ ग्राहकले एसी र सोफा बसेर फ्रि वाईफाईका साथ घण्टौ बिताएर पिउन पाउने भएपछि यो चिया पारखीहरुको अड्डा बन्नुपनि स्वभाविक हो ।

बिहान ६ बजे देखि अवेर बेलुुका ८ बजे सम्मनै भरिभराउनै हुन्छ ।महिका साथमा मात्र १ सय ४०मा कोदो ,मकै रोटी पराठा सेट , अगार्ननिक फापर , निस्सासो , भुनेरोटी , बुुटक , हलुवा , लगायतका नास्ता ग्राहकले मागे अनुसार पाउछन ।उनले ५ जनालाई रोजगार पनि दिएका छन । करिव २५ देखि ३० लाखको गोठालो लगानी बढाएका छन ।

उनले आफनो दुधजन्य ब्यापारमा आमा बुवाको मुख हेर्ने दिन , प्रेम दिवश , र हरेक बर्थडे लगायतका हरेक अवसरमा अर्डर गरिने केकमा कुनै न कुनै प्रकार दक्षिणा (गिफ्ट) दिने चलन पनि बसाएका छन । गोठालो गिफ्टमा नगद सहित राष्ट्रिय झण्डा , ढाका टोपी समेत राखेका छन ।


गाठालोको सजावट र त्यसका स्लोगनले हरेक बिरोजगार युवालाई स्वदेशमै केहि गरौ र राष्ट्र प्रेमलाई पनि दर्शाउछ । ‘सकिन्छ देशमै , सकिदैन भने पनि देशमै तर बिन्ती छ देश नछोडौ’ उनले स्लोगन गोठालोको भित्तामा निकै सजावटका सात कोरेका छन । उनका अनुसार जिवन छोटो छ ,उनले संसार घुुमेर बुुझेर देखेर सुनेर आफुुलाई बिदेश पलायन राम्रो नलागेको बताए ।
वुवा खेमराज बिनाडी र आमा हरिना कुमारी बिनाडीका एक्कल छोरा बिवेकलाई साचो अर्थमा देश प्रति माया छ भन्ने कुरा पनि गोठालो भित्र पसेपछि थाह“ा हुन्छ । पछिल्लो समयमा चर्चित भएको ‘सा“चो भन्दछुु देशका जहर हुन झेले र चम्चाहरु’ गितको यो लय पनि उनलाई छोयो । टिपक्क टिपेर यो लय पनि गोठालोमा राख्दा कतिपय राजनितिक दलका कार्यकर्ता लाई मन नपरेको कुरा उनी सुनाउछन ।

त्यस्तै उनले यह“ा देशमा म एउटा मानिस खोजी रहेको छुु , नेपाली हामी रहौला काह“ा नेपालै नरहे ,
उनी पर्यावरण र हरियाली तथा प्रकृति प्रेमी उतिकै छन । पिपल बचाउ पिपल बढाउको नारा मात्रै कोरेका छैन ग्रिन गोठालो अभियानलाई सकार रुप दिन दान पेटी पनि राखेका छन ।


एउटा भित्ताको कुनामा आफनी आमा ,जस्ले उनलाई यो प्रेरणा दिईन, उनको मुुस्काहट पुर्ण तस्विर संगै एक शब्द कोरेका छन, ,‘सकुुनको के हो ? चिया पारखीहरु लाई सोध ।’


अव उनी आफनो गोठलो ब्राण्डलाई फ्रेन्चाईज मोडिलमा देशभरका हरेक शहरमा स्थापना गर्ने रहर छ । केहि महिना भित्र संघीय राजधानी काठमाण्डौमा समेत गोठालो ब्राण्डको चिया , बेकरी र अर्गानिक नास्ता पसलको शाखा पनि बिस्तार हुन लागेको उनले जानकारी दिए ।