स्थायी शिक्षक कुश्मीलाई पत्रिका पढने वानीले बनायो पत्रिका बितरक

धनगढी- राष्ट्रिय अधारभुत बिद्यालय उर्मि ,धनगढी उपमहानगर १५का स्थायी शिक्षक ५६बर्षिय खेमराज कुश्मी बिहानै साईकलमा चडेर पत्रिका बितरण गर्छन । उनले स्थानिय पत्रिका बितरण (हकर)को काम गर्न लागेको पनि दशक पुरा भएको छ । कामलाई सानो ठुलो नमान्दा दुवै पेशालाई इमान्दारिताका साथ अपनाएका छन ।
आफनो ३६बर्षे शिक्षण पेशामा उनले सहकर्मि शिक्षक , अभिभावक र बिद्यार्थिहरुबाट सम्मान र माया पाएका छन । त्यतिकै पत्रिकालाई घर घरमा पुुगाएर पाठकबाट पनि माया र सम्मान पाएका छन । लामो समय देखिको निरन्तरता प्रति नमन पनि गर्छन पत्रिका मालिकहरु । धनगढी पोष्टका प्रकाशक/ समपादक कर्ण शाहा भन्छन, ‘पत्रिका बितरक चाडो चाडो छोडने प्रवृतिले पाठकलाई नियमति पत्रिका पुगाउन समस्या झेलिरहेका हुन्छौ । बढीमा ४र ५ महिना पनि पत्रिका बितरक टेक्दैन, तर अपवाद हुन, मास्टरसोहव मात्रै निरन्तर १० बर्ष देखि पत्रिका बाढीरहेका छन । उनको कामको जति प्रशंसा गर्दा कम हुन्छ ।’ बिद्यालय मा पनि दश समयमा स्कुल पुुग्ने पुरा समय बिद्यालय बस्ने , बिद्यार्थिहरुलाई दोह्राएर पाठ पढाउने , बुझाउने र शिक्षकमा पनि उनको नाम पहिलो नम्वरमा आउछ ।
शिक्षकको तलवबाट खान नपुग्ने भएकाले उनी हकर भएका होईन । उनी रहर पत्रिका बाढने पनि होईन तर उनको वानी पत्रिका पढने हो । बिहानै मनिंग वाक गर्दा गर्दै पत्रिका पढने वानी बस्दै गएपछि आफै पत्रिका छापिने कारखानामा पुग्न थाले । त्यैबाट उनले पत्रिका बाढने काम पनि सुुरु गरेका हुन ।
चिसोमा अतिचिसो र बर्खामा हिलाम्य बाटोमा पनि साईकल चलाएर घर घर पत्रिका बितरण गर्ने काममा अहिले उनलाई थकाई लाग्दैन । पचास कटि सकेका उनले निरन्तरता दिईरहेका छन । शायद उनको मनिंग वाक जहिले स्टप हुदैन तव सम्म उनी साईकलमा पत्रिका बाढन छोडदैन्न होला ।
चालिस हजार मासिक तलव बुुझने स्थायी प्रावि तहका शिक्षक कुश्मीको थाप्लोमा पारिवारिक खर्च धान्नुुनै पर्ने केहि छैन । जेठो छोराले डिग्री गरि राजधानी काठमाण्डौमा निजी कम्पनीमा काम गर्छन । कान्छो छोरा पनि काठमाण्डौमै एम बि पढदै कमाउदै गरेकाले छोराहरुको खर्च पनि ब्यहोर्न परेको छैन । एउटी छोरीको उनले बिवाहा गरि सकेका छन । घरमा दुई बुढाबुढीलाई पेल्सनबाट आउने रकमले पनि पुुग्ने उनी बताउछन । शिक्षण सेवा अवधिका ३५ बर्ष पुरा गरि सकेका चौधरीको अनिवार्य अवकाश चार बर्ष मात्रै बाकी छ ।
उनले शिक्षक पेशा २०४४ सालबाट सुरु गरेका हुन । उनले सवैभन्दा पहिला बासुदेवी मावीको प्रावी तहमा अस्थायी शिक्षकको रुपमा शिक्षण पेशा सुरु गरेका बताए । कैलाली बहुुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र (पिसिएल) तह गरेका उनले २०४६सालमा स्थायी भएका हुन । शिक्षा आयोगबाट स्थायी भएको पहिलो दरवन्दी फुलवारी सिद्धार्थ प्रावीमा भएको थियो । धनगढी ७ बेलीको राष्ट्रिय अधारभुत बिद्यालय मा पनि केहि बर्ष पढाएका थिए ।
शिक्षण पेशाका ३५ बर्षमा उनले प्राथमिक तहमा अग्रेजी , बिज्ञान र समाजिक लगायतका बिषय पढाएको उनले बताए । शिक्षण सेवा अवधिका ३५ बर्ष पुरा गरि सकेका चौधरी अनिवार्य अवकाशमा जान अव चार बर्ष मात्रै बाकी छ ।
उनले नियमित शारिरिक ब्यायमका लागि बिहान ‘मर्निग वाक’का कारण पनि हकरपेशा नछोडिने बताए । ‘ठुुलो कुरा बानी हो , अचेल पत्रिका नबाढेको दिन के केन छुुटेको जस्तो लाग्छ ’ उनले भने, कामलाई सानो ठुुलो नमान्ने हो भने, ‘मर्निग वाक’ संगै बिहान समाचार पनि पढन पाईने र थोरै भएपनि पैसा पनि कमाई पनि हुन्छ ।