धनगढी – पश्चिम तराइमा आज साउन -२ गते कमैया मुक्तीको दिन । यस दिनलाई मुक्त कमैयाले मुक्ती दिवसको रुपमा मनाउदै आएका छन । पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले २०५७ साउन २गतेका दिन नेपालमा कमैया मुक्त भएको घोषणा गरेका थिए । पूर्वकमैयासहित सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरी आज २५ औं कमैया मुक्ति कमैया मुक्ति दिवस मनाउँदै छन् ।
यस अवसरमा कैलालीका कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाले सार्वजनिक विदा पनि दिएका छन ।दिवसको अवसरमा धनगढी र लम्की चुहानगरपालिकास्थित एकता नगर मुक्तकमैया शिविरमा मुक्ति दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम रहेका छन ।
पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरुका घरमा बाँधुवा मजदुरको रुपमा कमैया बस्ने गरिन्थ्यो । त्यसबेला ५ वटा तराईका जिल्लाबाट ३२ हजार बढीं कमैयाहरु मुक्त भएका थिए । मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले कमैया मुक्क्त गरेको २५ बर्ष बितिसक्दा समेत सवैको पुर्नस्थापना गर्न नसकेको बताए ।
उनका अनुसार २ हजार ३७५ जना पूर्वकमैया पुनस्र्थापना हुन बाँकी छन् । कैलाली जिल्लामा ९ हजार ७६२ मु्क्तकमैया रहेकोमा ८ हजार ९७५ जनालाई परिचयपत्र दिएको बताए । तीमध्ये ८ हजार २२ जना पुनस्र्थापना भए ।
कञ्चनपुरमा ४ हजार ५०६ जना मुक्तकमैया रहेकोमा ४ हजार ४१८ जना परिचयपत्र प्राप्त गरे । तीमध्ये ४ हजार २८९ पुनस्र्थापना भए ।४ सय मुक्तकमैयालाई आकाशे कित्तासहितको लालपुर्जा, १७३ जनालाई तथ्याङकबाट हटाइएको छ । यसरी कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ जना, दाङमा ४८ र बर्दियामा १ हजार २४५ जना मुक्तकमैया पुनस्र्थापना हुन बाँकी देखिएका छन् ।

इडटपेन 









