मुख्यमन्त्री शाहाले आफनो क्षेत्रमा पुगेर भने, माग भइ आएका विकास कामपुरा गर्दैछु

धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रको जनताबाट माग भइ आएका विकास निर्माणका कामलाई पुरा गर्ने प्रयासमा रहेको बताएका छन ।
शुक्रबार जय पार्वती आधारभूत विद्यालय जानकी(२ परागीपुर, कैलालीको आर्थिक बर्ष २०८१र०८२ को सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक सुनुवाई तथा नवनिर्मित २ कोठे पक्की भवनको समु‌द्घाटन गरेका छन । उक्त समु‌द्घाटन कार्यक्रममा उनले आफूलाई जनताले दिएको मन र मतको सधै सम्मान गर्ने बताएका हुन । आफनो निर्वाचन क्षेत्रका जनताले मागेका मागलाई समेत क्रमश पुरा गर्दै आएको बताए ।
सिमित स्रोत र साधन परिचालन गर्दै प्रदेशको विकासलाई प्राथमिकताका आधारमा सम्बोधन गरेको समेत जानकारी दिए ।