नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलाली अध्यक्षमा के.सी. निर्वाचित

धनगढी-नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलाली जिल्ला अध्यक्षमा गोबिन्द के.सी. निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चन्द्रदेव बम, उपाध्यक्ष महिला मा दिपिका लामिछने, सचिवमा सुनिल बिष्ट, सह–सचिवमा कृष्णराज पाण्डेय र कोषाध्यक्षमा कला रिमाल ९उपाध्याय० निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सीताराज जोशीले बताए ।
समितिको सदस्यहरुमा राज लिम्बु, केशव बहादुर मल्ल, रमेश साउँद, बिष्णा कुमारी बम, अक्कल बहादुर भण्डारी, देवनारायण झा, भिमराम चौधरी, आरती चौधरी, शेरबहादुर देउवा, ओम प्रकाश भट्ट निर्विरोध निर्वाचित भएको अधिकृत जोशीले बताए ।