धनगढी- कैलाली प्रहरीले सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाएको जनाएको छ । सादा पोसाकमा खटिने घुमुवा टोली विभिन्न विवादमा मुछिन थालेपछि हटाइएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले बताएका छन । उनका अनुसार सई गजेन्द्र चन्द नेतृत्वको सादा पोसाकको घुमुवा टोलीलाई हटाइएको हो।
जिल्ला प्रहरी प्रमुखको रुपमा आएका नयाँ एसपी नरेन्द्र बहादुर चन्दले टोली नै हटाएका हुन् । घुमुवाका नाममा टोलीले असुली र बार्गेनिङ र संस्थागत तस्करी गर्ने गरेको आरोप लाग्दै आएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक समीक्षा र शुद्धीकरण अभियान अन्तर्गत घुमुवाहरुलाई हटाइएको जनाएको छ।

इ-डटपेन 









