‘भारत जान कहिल्यै नछुटने , सिमामा जहिल्यै सास्ती’

धनगढी– अछाम चौखुट्टे पुर्खाैली घर भएका कैलाली मसुरियाका शेर बहादुर साउद सोमवार गौरीफन्टा नाकामा दशै मनाउन घर फर्कदै थिए । उनी भारतको मुम्वईमा काम गर्छन । दशै वा तिहार , नया बर्ष बिषु मनाउन गरि बर्षमा २ पटक घर आउने गर्छन । एक दुई साता परिवारका सदस्य संग चाडवाड बनाएर पुनः आफनो कर्मथलो भारतको मुम्वई फर्कन्छन ।
दशै मनाउन घर फर्केकाहरु दश दिन पनि घरमा नबस्दैं भारत पस्नुको कुनैं रहर नभएर गरिवी हो । उनीजस्तैं बिहिवार एक सय बढी नेपाली भारतको बिभिन्न शहरमा काम गरेर दशै मनाउन सोमवा नाकामा पुगेका छन । जसमध्ये अधिकांस सोमवार बेलुकै धनगढी बसपार्कबाट घरका लागि बस समात्ने छन । टिकट नपाएका र धनगढीमा केहि माल समान किन्न खोज्नेहरु मंगलवार बिहान घरतिर लाग्ने छन ।
गौरीफन्टा सुरक्षा पोष्टमा रहेका सुरक्षाकर्मिका अनुसार दशै मनाउन भारतको बिभिन्न शहरबाट घर फर्कनेको समस्खयामा बृद्धि घटस्थापनाको दिनबाट शुरु भएको छ । दैनिक २÷३ सय जना भारतका बिभिन्न शहरबाट घर फर्किरहेका छन ।

उनले आफुहरुले भारतबाट कमाएको पैसाले घर परिवारका सदस्यको अनुहारमा खुसी आउने गरेको बताए । त्यसैका लागि बर्ष दिनमा घर फर्कने गरेको बताए । तर पछिल्लो समयमा भारतमा पनि नेपालीले राम्रो जागिर नपाउने भएकोले सवै नेपालीको कमाई पनि त्येति राम्रो नभएको बताए ।
कञचनपुर लालभाmडीका सिराधन रानाले कामका लागि आउनजाने समस्या सवैभन्दा बढी पिडादायी भएको बताए । ‘नाकामैं बढी भन्सारकर्मि र सुरक्षाकर्मि सताउछन’उनले भने,दशैं अघि घर आउदा आफुले भारतिय भन्सारकर्मिलाई झुन्टाझुुन्टी धेरै भएकोले ५ सय भारु लियो । ’उनले आफु आउने जाने क्रममा ट्रेनमा बस स्टेशसनमा र नाकामा दुई तिन पटक लुटिएको बताए ।
उनले नेपाल सरकारलाई भारत जानु पर्ने हाम्रा दिनहरुको अन्तय गर्न नसक्ने भएपनि आउजाउको सहज यात्रा गरि दिए पनि धेरै भारतमा काम गर्ने नेपाली खुसी हुने बताए । दशैंतिहार लगायतका नेपाली चाडवाड घर फर्कने र पुनः कामका लागि उतैं जाने नेपालीको परम्परानैं भएको बताए। हरेक पटकको अउाजाउमा भन्सार सुरक्षाकर्मिबाट बिनाकारण नेपालीले सास्ती भोक्नु परेको बताए ।