धनगढीमा भोली देखि पुनः शनिवारिय मेला सूरु हुने

धनगढी -धनगढी उप- महानगरपालिकाले भोलीको शनिवार देखि पुनः महिला उद्यमी शनिवारिय मेला सन्चालनमा ल्याउने भएको छ । गत बर्ष मंसिर १ गते देखि शुरु भएको शनिवारिय महिला उद्यमी मेला बर्खामा स्थगन भएको थियो । बर्खा को समय सकिए लगत्तै उपमहानगरपालिकाले पुनः महिला उद्यमी मेला पहिलेकै स्थान धनगढी वडा नम्वर १मा पर्ने कर्भडहल, पार्क रोड अहिले नामाकरण गरिएको जिन्जी मार्गमा शुरु हुन लागेको हो ।
‘शनिवारिय महिला उद्यामी मेला’को आयोजना गरि उप -महानगरले गृहणी महिलाले आफुसंग भएको कला सिपबाट बनेका हस्त समाग्री र घरमै पकाउन सकिने मिठो पक्वानलाई बेचेर आम्दानीको स्रोत बृद्धिका लागि बजार स्थापित गरि दिएको मेयर गोपाल हमालले बताउनु भएको छ । आर्थिक रुपमा महिलालाई शसक्ती गर्ने उद्देश्य रहेको यस मेलामा कुनै महिलाले आफनो स्टल बुकिंग गरि शनिवार दिन आफनो घरमा उत्पादित हुने कुनै पनि समान बस्तु ब्यपार गर्न सक्ने मेयर हमालले बताउनु भएको छ । भोली कार्तिक १५ देखि शुरु भईरहेको मेलाको अवलोकनका लागि सम्पुर्ण नगरवासीलाई मेयर हमाले आमन्तत्रण पनि गरेका छन ।