धनगढी -सुदूरपश्चिम प्रदेशको अन्न भन्डारको रुपमा रहेको तराईका दुई जिल्ला कैलाली र कन्चनपुरका किसानले रसानिक मलको अभाव जहिलेनी झेल्नु परेको हुन्छ । अहिले गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेलामा पनि मलको अभाव झेलिरहेका छन । मल आपुर्ति गर्ने कम्पनी कृषि सामग्री कम्पनी लिमिटेडले थोरै परिणाममा आइतवार देखि बल्ल मल बितरण गर्न सुरु गरेको छ ।
कम्पनी लिमिटेडका सुदूरपश्चिम कार्यालयका प्रमुख नवल सिह बोगटीले यो सिजनका लागि आएको पहिलो लटको ५ सय मेट्रिक टन युरिया आज ( आइतवार) देखि बितरण गर्न सुरु गरेको बताए । मौज्दात डिएपी मललाई पनि बितरण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका लागि केन्द्रले गहुँवाली सिजनका लागि २ हजार ४ सय टन युरिया र डिएपी २ हजार ४० टन छुट्टाएको छ । जसमध्येको पहिलो लटको ५ सय टन युरिया पुगिसकेकोले बितरण गर्न सुरु गरेको हो । बाकी कोटाको मल पनि आउदै गरेकोले किसानले लगातार मल पाउने बताए ।
सुदूरपश्चिममा मलखाद आपूर्ति तथा बिक्रि वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड हुन् ।
कृषि सामग्री कम्पनीले उपलब्ध गराएपछि डिलरहरुबाट किसानले मल किन्न पाउने ब्यवस्था छ । यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा बिक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटी बताए । कैलाली जिल्लाभर करिब चार सय डिलर रहेका छन ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालयका सहायक रामचन्द्र जोशीले अझै मल कहिले कति परिमाणमा आउँछ थाहा नभएको बताए । केन्द्रले पठाएपछि किसानले पाउने बताए ।सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कषि सामग्रीले प्राप्त गरेर बिक्रि गर्ने गरेका छन् ।
गत आर्थिक वर्षमा कम्पनीको धनगढी कार्यालयले युरिया १२ हजार ८४३ मेट्रिक टन र डिएपी ८ हजार ६४७ मेट्रिक टन बिक्रि गर्न पाएको थियो । बार्षिक ३० हजार मेट्रिक टन हाराहारी युरिया र डिएपीको माग हुने गरेको छ तर आपुर्ति थोरै परिणाममा हुने भएकोले किसानले मल अभाव हुने गरेको छ । प्रयाप्त रुपमा मल पाउन नसकेका उत्पादकत्व बृद्धि हुन नसकेको किसानको गुनासो रहेको छ ।मलको अभाव टार्न भारतीय सीमा क्षेत्रबाट चोरीको मल ल्याउने ग रेका छन । ‘

इडटपेन 









