अस्पताल सन्चालनमा ल्याउन नसक्दा पुर्वाधार अलपत्र (भिडियो रिर्पाेट सहित )

धनगढी -संघीय सरकारको करिव २० करोडको लागतमा निर्माण सम्पन्न भएको १५ बेडको अस्पताल बजेट अभावमा सन्चालनमा ल्याउन सकिएको छैन ।
कैलालीको कैलारी गाउपालिका वडा नम्वर ५ बैजपुरमा निर्माण भएको अस्पताललाई बजेट अभावमा सन्चालनमा लयाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले जानकारी दिनु भएको छ । उनका अनुसार निर्माण कम्पनीले गएको असारमा अस्पतालको भवन गाउपालिकालाई हस्तान्तरण गरिसकेको थियो । गाउपालिकाले अस्पताललाई आवश्यिक पर्ने उपकरण खरिद र जनशक्तीको ब्यवस्थापन गर्न नसक्दा सन्चालनमा ल्याउन नसकेको हो । उनले संघीय सरकारलाई अस्पताल सन्चालनका लागि आबिश्यक बजेट ब्यवस्थाका लागि अनरोध गर्दै आएको बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्र द्धाारा दिईने स्वास्थय तथा उपचार सेवा सन्चालनका लागि पनि १ करोड न्युनतम चाहिएको छ’ उनले भने ‘तर पालिका सआफु संग नभएर संघ संगै अनरोध गरिएको छ ।’
स्थानियहरुले भने अस्पताल सन्चालन नहुदा बर्षाै देखि भोक्दै आएको स्वास्थय समस्या टर्न नसकेको बताए । उनिहरुले उपचारका लागि धनगढी र भारतको सिमावर्ति बजारमा धाउनु परेको बताए । उपचार सेवा पाउनकै लागि स्थानियले बिद्यालयको जग्गा र भवन समेत अस्पतालको नाममा सार्ने मन्जुरी दिएको बताउछन ।