धनगढी-माओवादीको सशस्त्र बिद्रोहले ध्वस्त बनेको कैलालीको हसुलिया बजार पुनः गुल्जार भईरहेको छ ।कुनैबेला हसुलिया बजार धान गहु गल्ला ब्यापारको केन्द्रले प्रसिद्ध थियो । माओवादीले प्रहरी चौकी गाउबिकास समितिको भवन , कृषि बिकास बैक लगायत सरकारी कार्यालयलाई ध्वस्त बनाएपछि राज्यको उपस्थिती शान्ति बहाल नभए सम्म यो बजार अध्यारोमा रह्यो । । त्रासमय बतावरणमा यहाका गल्ला ब्यापारीहरु बिस्थापित भएर सदरमुकाम धनगढी सरे ।
बि.सं. २०६२ /०६३को जनआन्दोलन २ पछि मुलुक शान्ति प्रकृयामा अघि बढे संगै बजार पुर्नस्थापित हुदै आयो । शान्ति बहाल भएको करिव दुई दशक पछि फेरी कैलालीको हसुलिया बजार गुल्जार भएको छ । पछिल्लो समयमा यसको चाडो बिकास हुनुमा पुर्व पश्चिम हुलाकी सडकले समेत छुएको कारण पनि हो ।

इडटपेन 









