नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

धनगढी -नेपाली कम्युनिष्ट पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले नेकपाको धनगढीबाट शुरु भएको एकता सन्देश सभालाई शुक्रबार धनगढीमा उक्त कुरा बताएका हुन । संयोजक दाहालले निर्वाचनबाट नेपाली कम्प्युनिष्ट पार्टी एक नम्बर बन्ने र जेनजीको माग अनुसार नै देश विकासलाई अगाडि बढाउने बताए ।‘बामपन्थी कम्प्युनिष्ट एकता गरेर मात्रै पुग्दैन । गैरकम्युनिष्ट देशभक्तहरुलाई सबैलाई एकताबद्ध गरेर देशलाई जेनजी युवाहरुले चाहे जस्तै गरी विकास गर्नु पर्ने बताए ।

उनले सुदूरपश्चिमबाट नेपाली कम्प्युनिष्ट पार्टीको उज्यालो छरिने बताउँदै कर्णाली प्रदेशमा समेत ठूलो जित हासिल गर्दै देशकै ठूलो पार्टी बन्ने दावी गरे । उनले फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुनै पर्ने बताउँदै निर्वाचनमा लागि माहोल बनाउन सबै नेता कार्यकर्ताहरुलाई अपिल गरे ।

उनले निर्वाचन आवश्यक भएको बेला संसद् पुनस्स्थापनाको माग राख्ने र संसद् आवश्यक रहेको बेला संसद् विघटन गरेर चुनावमा जान खोज्ने निरंकुश दम्भी नेतालाई सबक सिकाउने बेला पनि यही रहेको बताए । ‘जतिबेला पनि उल्टोबाटो हिंडेर नेपाली जनतालाई दुस्ख दिनेलाई यो निर्वाचन गराएर सबक सिकाउने अवसर पनि यही हो,’ संयोजक दाहालले भने, ‘नेपाली काँग्रेसले चुनावमा जाने बताइसकेको छ । एमालेले पनि दल दर्ता गरिसकेको छ । अब बाहिर जति धाकधम्की दिए पनि कुनै अर्थ छैन ।’
नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूहरुले जेनजी विद्रोह भन्दा पहिले नै एक भएर अगाडि बढ्नु पर्छ भनेर धारणा बनाएको बताए । ‘

सो पार्टीका नेता डा। भीम रावलले विगतका कमीकजोरीहरुलाई सच्याएर नेकपालाई शक्तिशाली बनाएर अगाडि बढ्ने बताए । ‘प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते होस् वा अरु दिन प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी बन्छ,’ उनले भने, ‘हामी विगतका कमजोरीलाई दोहर्‍याउँदैनौं ।’

शुक्रबार धनगढीबाट शुरु गरेको पार्टी एकता सन्देश सभा सबै प्रदेशमा आयोजना गर्दै मंसिर २३ गते मधेश प्रदेशमा समापन गर्ने योजना रहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङमा एकता सन्देश सभा आयोजना गर्ने जनाएको छ ।