धनगढी – धनगढी उपमहानगरपालिकाले निर्माण गरेका स्मार्ट सार्वजनिक शौचालयहरुमा प्रयोगमा भने कमै आएका छन । साठी लाख बढीको लागत मुल्यमा धनगढी उपमहानगरपालिकाको परिसर अगाढी नमुना सार्वजनिक स्मार्ट शौचालयको निर्माण सम्पन्न भएको छ । यसको सन्चालनका लागि २ लाख ६० हजारमा ठेक्का पनि गईसकेको छ । सन्चालनको ठेक्का लिएको कम्पनीले भने प्रयोगकर्ताको कमी भएर घटा ब्यहोनु परेको बताएको छ । सन्चालनको ठेक्का तोडने पक्षमा पुगेको छ ।
मेयर गोपाल हमाल निर्वाचित भएर आएपछि धनगढी बजार क्षेत्रलाई सुफा सुग्घुर ब्यवस्थित बनाउने अभियान अन्र्तगत बजार क्षेत्रमा सार्वजनिक स्मार्ट शौचालय निर्माणका योजना ०८०/०८१को आर्थिक बर्षबाट शुरु गरेको हो । पहिलो आर्थिकमा ठेक्का लागेका नमुना शौचालय र जिल्ला प्रशासन कार्यालय अगाढीको सार्वजनिक शौचालयह सहित सात वटा हुन । आ . व. ०८०/०८१मा ठेक्का लागेका ५ वटा सार्वजनिक शौचालयको काम ९० प्रतिशत पुरा भईसकेको पालिका इन्जिनियर कमल ओझाले जानकारी दिएका छन ।
उनका अनुसार चालु आर्थिक बर्षमा पनि १० वटा थप सार्वजनिक शौचालय निर्माण गरिने छन । जसमध्ये ३ वटाको ठेक्का टेण्डर प्रकृया पुरा भईसकेको छ । बाकी निर्माण टेण्डर प्रकृयामा छन । यो चालु आर्थिक बर्षमा निर्माण हुने सार्वजनिक शौचालयहरु भने वडाको ब्यवस्ता चोकमा निर्माण हुने ओझाले जानकारी दिए ।

इडटपेन 









