धनगढी-सुदूरपश्चिम प्रदेशलाई तिन बर्ष भित्र गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने गरि संरक्षणमुखि अभियान शुरु भएको छ ।
धनगढीमा आयोजित गिद्धका लागि सुरक्षित र बिषात्त औषधी तथा नेपालमा गिद्ध संरक्षण सुदृडिकरण एक दिने कार्यशालमा नेपाल पंक्षी संघ बिसिएनका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिएका हुन ।नेपालमा लुम्वनी र गण्डकी पछि सुदूरपश्चिम गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने गरि काम गरिन लागेको हो । लुम्वनी र गण्डकी २०२१ मा घोषणा गरिएको हो ।
नेपालमा लुम्वनी र गण्डकी प्रदेश पछि सुदूरपश्चिम प्रदेशनै गिद्धको प्रजनन र बासस्थान बढी भएको क्षेत्र मानिन्छ । तर गिद्धका लागि जोखिम मानिने बिषाक्त बिषधीको नियन्त्रण न्युनिकरण प्रमुख चुनौती भएको वहाले बताउनु भयो । नेपालमा ८५ प्रतिशत गिद्धहरु डाइक्लोफेनेड सोडिम औषधीको कारण मरेको देखिन्छ । नेपालमा यो औषधीमा प्रतिवन्ध लगाएको छ ।
सुदूरपश्चिमका नौ वटै जिल्लालाई पशु डाइक्लोफेक मुक्त घोषणा गरिएको छ । नेपाल पंक्षी संघ सुदूरपश्चिम प्रदेशका फिल्ड अधिकृत हेरुलाल डगौरा चौधरीले गिद्ध संरक्षण सम्वन्धी सचेतना कार्यक्रम , अनुसन्धान , भेटनरी औषधी अनुगमन , गिद्ध स्याटेलाइट जडान र गिद्धको ग“ुड “ को जडान खुटियामा जटायु रेष्टुटेन्ट स्थापना लगायतका थुर्र्पै संरक्षण मुखी कामहरु सन २०१०बाट शुुरु भएको जानकारी दिनु भयो ।

इडटपेन 









