धनगढी नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत बुधवार र बिहीबार सम्पन्न निर्वाचनमा १९ केन्द्रीय पदाधिकारीमध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन । केन्द्रीय सदस्यहरुमा भने २३ जना निर्वाचित भएका छन ।
एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्ट मात्रै अटाएका छन् । १०औँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका भट्ट यसपटक उप महासचिव पदमा बिजयी भएका हुन । केन्द्रीय पदाधिकारीको सचिव पदमा पराजित भएका बाजुराका कर्ण बहादुर केन्दस्य सदस्यमा निर्वाचित भएका छन ।
यस्तै, एमालेको केन्द्रीय सदस्यमा खुला केन्द्रीय सदस्यमा लालबहादुर थापा, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, झपटबहादुर बोहरा, झपटबहादुर रावल र दामोदर भण्डारी भण्डारी विजयी भएका छन् ।विजयी भएकामध्ये रावल मात्रै ईश्वर पोखरेल टिमबाट निर्वाचन लडेका थिए । यस्तै महिलातर्फ सन्तोषकुमारी शर्मा थापा, कमला बोहरा र निरुदेवी पाल विजयी हुँदा अफिलाल ओखेडा र आशा विक दलित क्लस्टरबाट जित निकाल्न सफल भएका छन् । समावेशी थारुतर्फ कृपाराम राना र गौरीशंकर चौधरी विजयी भएका छन् ।
युवातर्फ नरेश रोकाया यसअघि नै सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भइसकेका छन् । भूगोलको केन्द्रीय सदस्यमा भने गोविन्द गिरी, चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट, लिलाकुमारी भण्डारी, कमलाकुमारी ओली, भागिरथी सिंह विजयी भएका छन् ।

इ-डटपेन 








