धनगढीका मेयर हमाल भन्छन ,’सुदूरपश्चिमको गरिवी कर्णाली भन्दा पछाडी पर्यो ,अगामी चुनावमा गरिवी हटाउने रोडम्याप मागौं ‘

धनगढी-धनगढी उप महानगर पालिका मेयर गोपाल हमालले सुदूरपश्चिम प्रदेश कणाीली भन्दा पछाडी परेकोले अगामी चुनावमा घर दैलो गर्न आउने दल र तिनका नेता नेताबाट सुदूरपश्चिमको गरिवी हटाउने योजना र रोडम्याप माग्नु पर्ने बताएका छन ।
मंगलवार पुष १५ र तमु ल्होसारको सम्पुर्णमा हार्दिक शुभकमना व्यक्त गर्दै मेयर हमालले आफनो शुभकामना भिडियो सन्देशमा उक्त कुरा बताएका हुन । उनले सुदूरपश्चिमेलीले पुष १५को रातलाई साथी समुह बनाएर गफिने दिनका रुपमा समेत रमाइलो बनाउने प्रचलन रहेकोउल्लेख गर्दै यसपालीको पुषे १५को गफिने बिषय सुदूरपश्चिमको गरिवी बढेको सवालमा बनोस समेत भनेका छन ।

सन् २०१९ को तथ्याङ्क अनुसार सबै भन्दा बढी गरिबीको रेखामुनी कर्णाली प्रदेश थियो भन्ने अहिले सन् २०२२र२३ को तथ्याङ्क अनुसार सबै भन्दा बढी गरिबीको रेखामुनि सुदूरपश्चिम रहेको छ ।

सन् २०१९ को तथ्याङ्क अनुसार कर्णाली प्रदेश ३९.५० % ले गरिबी रेखाको मुनि थियो र अहिले घटेर सन् २०२२/२३ को तथ्याङ्क अनुसार २६.६९% रहेको छ । तर सुदूरपश्चिम प्रदेश सन् २०१९ को तथ्याङ्क अनुसार २५.३०५% र अहिले झन् बढेर ३४.१६% पुगेको छ /