
धनगढी- बहुप्रतीक्षित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’प्रतिनिधिसभाबाट पारित भएको छ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो।
यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँएका थिए । उनले शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए।
छलफलका क्रममा सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रुपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिए। योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए। सांसद डा अमरेशकुमार सिंह प्रेम सुवाल किरणकुमार साह , दामोदर पौडेल वैरागी लगायतले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।
त्यस्तै सांसद डा चन्दा कार्की भण्डारीले छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएका थिए।