धनगढी- सुदूरपश्चिम प्रदेशको उद्योग, प्रर्यटन वन तथा वातावरण मन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन । मुख्य मन्त्री कमल बहादुर शाहाले नागरिक उन्मुक्ती पार्टी (नाउपा)का प्रदेश सभा सदस्य चौधरीलाई नियुक्त गरेका हुन । उनलाई आजै मन्त्रीको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
आर्थिक लेनदेनको अडियो कान्डमा मुछिएका लक्षमण किसोर चौधरी पदमुक्त भएपछि वन तथा उद्योग मन्त्री मन्त्री पद रिक्त थियो । मिलिजुलीको प्रदेश सरकारमा नाउपाको भागमा परेको वन मन्त्रीमा पुनः कस्लाई पठाउने भन्ने बिषयमा निकै चर्काे बिवाद उत्पन्न भएको थियो । पार्टी अध्यक्ष रन्जिता श्रेष्टले कैलास चौधरीलाई वन मन्त्री बनाउन प्रदेश संसदिय दललाई सिफारिस गर्न निर्देशनात्मक पत्र पठाएकी थिइन । तर अध्यक्ष चौधरीको निर्देशन पत्रलाई उलंघन गर्दै प्रदेश संसदीय दलले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिपारिस गरेको हो । । सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलमा पार्टी अध्यक्ष अल्पमतमा छिन । उनका पक्षका दुुई जना मात्र छन । पार्टी संरक्षक रेशमलाल चौधरीको पक्षमा ५ जना रहेका छन । नाउपाका प्रदेश सभामा ७ सदस्य सासंद छन । लामो समय देखि पती रेशम र पत्नी रन्जिता बीचको पार्टी सञ्चालनका सम्वन्ध एकता कायम हुन सकेको छैन ।

इडटपेन 









