नास्ट कलेजका सिभिल इन्जिनियर द्धारा ड्रोन सर्भे (तस्विर सहित)

धनगढी– नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) कलेजका सिभिल इन्जिनियरका सातौं सेमेस्टरका बिद्यार्थिहरुले ड्रोन सर्वे सहितको बिभिन्न खाले सर्र्वेको दश दिने प्रयोगत्मक कक्षा लिएर फर्केका छन ।


कलेज प्रशासनका अनुसार बैशाख १७ देखी २९ गते सम्मको दश दिने क्लोज क्याम्पमा ड्रोन सहितको बिभिन्न खाले सर्भे तथा निर्माण सम्वन्धि कामको प्रयोगात्मक कक्षा लिएर फर्केको जनाएको हो । सुदूरपश्चिम प्रदेशको पहिलो तथा ठुुलो प्राविधिक शिक्षालय नास्टबाट फाइनल सेमेस्टरमा प्रयोगात्मक कक्षा देशका बिभिन्न भागमा पुुगेर लिने गरेका छन । यस बर्ष सातौ समेस्टारका ४५ जना बिद्यार्थिहरु प्रयोगात्मक कक्षाका लागि काठमाण्डौको नगरकोटमा दश दिने क्लोज क्याम्प चलाएर पुरा गरेका हुन ।


सातौ समेस्टारका सहभागी बिद्यार्थि जयन्ती भट्टले दश दिने क्लोज क्याम्पमा ५ वा ६ जनाको समुहमा बिभाजित भई प्रयोगात्मक कक्षा लिदा सिकाई उपलब्धी निकै राम्रो भएको बताइन । ‘चार बर्षमा सिकाईने सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक कक्षाबाट ब्यवहारमा उतार्न सकिने सिकाई भयो’ उनले भनिन, ‘सवैभन्दा ठुलो आधुुनिक प्रविधि ड्रोन सर्भे मुख्य सिकाई हो ।’
शिक्षक इन्जिनियर रमेश खडकाले प्रयोगात्मक कक्षाले बिद्यार्थिहरुलाई इन्जिनियरि क्षेत्रमा आवश्यक पर्ने जस्तोसुकै काम पासआउट हुने बित्तीकै गर्न सक्ने बताए । उनले एकोहरो सैद्धान्तिक कुराको अध्यायनलाई बिभिन्न परियोजना स्थलको भ्रमणबाट सिकाई उपलब्धी बढाउने गरेकाले हरेक बर्ष फाइनल समेस्टारका बिद्यार्थिहरुलाई शैक्षिक अध्यायन भ्रमणमा लैजाने गरेको बताए ।


नस्ट कलेजका प्रिन्सिपल डा.पे्रम बहादुर चन्दले नास्ट कलेजले फाईनल सेमेष्टरका हरेक फ्याकल्टी (संकाय)का बिद्यार्थिहरुलाई शैक्षिक अध्यायन अवलोकन भ्रमण र प्रयोगात्मक कक्षका लागि राष्ट्रिय गौरवका ठुुला आयोजना, औद्योगिक क्षेत्र, हाईड्रोपावर लगायतका देशका बिभिन्न भागमा पठाउने गरेको जानकारी दिए ।

‘नास्ट कलेजमा पढाई हुने पाँचओटै कार्यकमका बिद्यार्थि, साथमा जाने शिक्षक र अन्य कर्मचारी गरि दुुई सय बढी जना हरेक बर्ष शैक्षिक अवलोकन भ्रमणमा निस्कने गरेका छन’ उनले भने,‘ यसबाट बिद्यार्थिहरुको सिकाई उपलब्धी संगै त्यह“ाको कला सस्कतीको पनि जानकारी पनि ल्याई सहपाठीहरु जनकारी गराउने गरेका छन’ । उनले कलेजको बार्षिक उत्र्सवमा शैक्षिक भ्रमणमा गएको टोलीले भ्रमणमा गएको ठाउको कला सस्कृतिलाई प्रर्दशन गर्नेको बताए । उनले अर्काेतिर देशको आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत शैक्षिक भ्रमणले टेवा पुुगाएको बताए ।


उनका अनुसार बैशाख महिनामा मात्रै नास्ट कलेजको सिभिल इन्जिनियर , बिई कम्प्युटर, बिबिए र बिसिएका टिम देशको बिभिन्न भागको शैक्षिक भ्रमण गरि फर्केको छ । जसमा करिव एक सय ५० जना बिद्यार्थिहरुको सहभागिता थियो ।