(धनगढी) यो बर्षको सवैभन्दा बढी चिसो पुस संक्रान्ति देखी शुरु भएको छ । एक्कासी बढेको चिसोले बिपन्न परिवारले न्यानो लुगा नभएर कठ्याङग्रिनु परेको बताएका छन ।
जल तथा मौसम बिज्ञानको फिल्ड कार्यालय अत्तरियाका अनुसार पुसको पहिलो दिन एक्कासी चिसो न्युनतमतापक्रम ६ दशलव २मा झरेको थियो । शनिवार र आईतवारपनि न्युनतेम तापक्रम ६ दशलवमैं सिमि रहन पुगेको छ । अधिकत्म तापक्रम शनिवार दिउसो १९ डिग्री सेल्सिसियस मात्रैं पुगेको छ ।
अत्याधिक चिसो बढेपछि दिनमजदुरी गर्ने बर्ग र झपडीमा बास रहेको अब्यवस्थित मुक्तकमैया, सुकम्वासी लगायका परिवार प्रभावित भएका छन । ‘न्यानो लगाउने ओ६याउने र ओडने लुगा नभएर आगो तापेर बस्ने दिन शुरु भएका छन’ धनगढी पुरानो एयरपोट मुक्त कमैया शिविरका दुखीराम चौधरीले भने,‘ चिसोले गर्दा दिनमा मजदुरी गर्न पनि गाहे भएको छ ।’
त्यस्तैं मनिरा शिविरका देवीलाल डगौरालेपनि रात काटनका लागि दाउरा र मुडाको खोज्नु परेको बताए । ‘स्थानिय सरकार भन्नेले हामी गरिवका लागि दाउरा र मुडाको ब्यवस्था मिलाइ दिएपनि हाम्रा हिउदका दिन जाने थिए होला ’उनले भने,‘कस्ले ध्यान दिन्छ र ?’उनले अहिले दाउरा खरिद गरेर बाल्न नसकिने अवस्था रहेको बताए । ‘दाउरा पाउननै मुश्किल भएको छ’उनले भने,‘ पाएपनि महंगो छ, दिनमजदुरी गरेर छाक टार्ने परिवारले दाउरा किनेर बाल्न सक्ने स्थिती हुदैंन । ’
रिक्साचलाएर , बजारमा अन्य सरसफाई तथा भरियाको काम गरेर जिवन धान्नेका लागि चिसो मौसम अत्यन्तैं खराव भएको बताए । ‘चिसोमा काम गर्न मुश्किल हुन्छ’उनले भने,‘दिउसो ११ बजे सम्म काम गर्न सकिदैंन ।’ उनले अत्याधिक चिसो बढेपछि काम पनि कम गर्न सकिने , काम पनि पाउने भएकोले साझ बिहानको छाक टार्नका लागि समेत आम्दानी गर्न नसकिने गरेको बताए ।
पुष १ गते देखी हुस्सुले दिउसो १२ बजे सम्म घाम पनि पर्न छोडेको छ । यसले स्कुले बालबालिकाहर समेत प्रभावित भएका छन । चिसोले बालबालिका मात्रैं होइन् बुढापाखा र गर्ववती महिला लाई समेत असर पर्ने गरेको छ ।
चिसो बढेपछि निमोनिया , रुघाखोकीका बिरामी समेत बढन थालेका छन । चिसोले गर्दा बालबालिकाहरुको टाउको दुख्ने , झाडापखलाका समस्या समेत न्म्तिाउने गरेको धनगढी स्वास्थ्य शाखाका कृष्ण बोहराले बताए ।

इडटपेन 









