धनगढी- प्रतिनिधि सभा निर्वाचन २०८२ आज फागुन २१मा देशभर बिहान ७ बजेबाट सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको क्षेत्र नम्वर ५ धनगढी क्षेत्रमा बिहान ६ बजेबाटै मतदाता आफनो मतदान केन्द्रमा लाईनमा बसेर ७ बजेबाट मतदान गरिहेका छन । जिल्ला शान्ति सुरक्षा समितिले जिल्लाका ५ वटै निर्वाचनमा शान्तिपुर ढंगबाट मतदान शुरु भईसकेको जनाएको छ । यसैगरि अहिले बिहान यो समाचार तयार पार्ने बेला सम्म सुदूरपश्चिमका सवै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान शान्तिपुर्ण ढंगले शुरु भईसकेको जप्रदेश सुरक्षा निकायले जनाएको छ । देशभरबाट पनि अहिले सम्म त्यस्तो अप्रिय खवर आएको छैन ।
जेनजी आन्दोलन भाद्र २३ र २४ गते पछि प्रतिनिधि सभा बिघटन भएको थियो । प्रधानमन्त्री शुसिला कार्किको नेतृत्वमा र्निदलिय सरकार गठन भएको थियो । कार्किको सरकारलाई राष्टपतिले दिएको मुख्य जिम्मेवारी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनु थियो । विशेष परिस्थितिमा सुरु भएको शान्तिपुर्ण निर्वाचनमा सहभागी मतदाताले बेलुका ५ बजे सम्म मतदान केन्द्रको घेराभित्र प्रवेश गरि सक्नु पर्ने छ ।

इडटपेन 








