धनगढी – बिशेष परिस्थितीमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ आज बिहिवार भएको मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५ प्रतिशत खसेको छ । कैलालीको निर्वाचन क्षेत्र १मा कुल १ लाख ८ हजार ४९१ मतदातामा ५९ हजार ६१ मत खसेको छ । जुन ५४ दशमदल ४ प्रतिशत हुन आउछ । त्यस्तै क्षेत्र नम्वर २मा कुल १ लाख ७ हजार ७५७ मतदातामा ५६ हजार ७७० मत खसेको छ । जुन ५२ दशमदल ७ प्रतिशत हुन आउछ । क्षेत्र नम्वर ३मा १ लाख ९ हजार १२२ मतदातामा ६० हजार २६४ मत खसेको छ । जुन ५५ दशमदल ३ प्रतिशत हुन आउछ । क्षेत्र नम्वर ४मा १ लाख १५ हजार १४३ मतदातामा ६३ हजार ३४ मत खसेको छ । जुन ५४ दशमदल ७ प्रतिशत हुन आउछ । क्षेत्र नम्वर ५मा १ लाख १० हजार ५३९ मतदातामा ६५ हजार ९६३ मत खसेको छ । जुन ५९ दशमदल ७प्रतिशत मत खसेको छ ।

इडटपेन 








