नेपालको पहिलो ‘बर्ड सेन्चुरी’ घोडाघोडी

धनगढी- कैलालीको घोडाघोडी ताल सिमसार क्षेत्र नेपालको पहिलो पंक्षी अभय– आरण्य( बर्ड सेन्चुरी) घोषित भएको छ । भयरहीत बतावरणमा चराहरुले स्वतन्त्रपुर्वक आहारबिहार गर्न पाउने क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ भनिन्छ ।
मान्छेले वर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर चराहरुको आफनो गतिबिधिलाई हस्तक्षेप गर्न पाइदैन । चराको संरक्षण र पर्यटनको बिकासका लागि बर्ड सेन्चुरी घोषणा गरिएको उद्योग ,वन बतावरण तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले बताए । प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले फागुन २७ गते एक बिशेष कार्यक्रमका साथ बर्ड सेन्चुरी घोषणा गरेका हुन । यो नेपालकैं पहिलो बर्ड सेन्चुरी घोषणा गरेको सिमसारमा पर्छ ।

उनका अनुसार प्रदेश सरकारको वन ऐनमा लोपन्मुख बन्यजन्तु , पंक्षी तथा बनस्पतीको संरक्षण गर्न आवश्यकता भएमा राष्ट्रिय वनको कुनै एक भागलाई संरक्षित क्षेत्र घोषणा गर्न पाईने ब्यवस्था गरिएको छ । नेपालको तराई भुभागमा पर्ने सवैभन्दा ठुलो घोडाघोडी सिमसार क्षेत्र सन २००३मा अन्तराष्ट्रिय महत्वको रामसार सूचीमा सूचिकृत भएको थियो ।
यस सिमसार क्षेत्रमा बिभिन्न आगन्तुक तथा रैथाने गरि ३६० प्रजातीका चराहरु रहेका छन । ति मध्ये नेपालमा रहेका नदुन, सिम कुखुरा र हरी ह““ास प्रजाती घोडाघोडी सिमसार क्षेत्रमा मात्रैं बच्चा कोरल्ने गरेको पाईको छ । यो सिमसारमा साइवेरिया, मङ्गोलिया लगायतका बिभिन्न ठा“उबाट हिउ“दे आगुन्तु चरा पनि आउने गरेका छन ।
यह“ा पाईने चराहरुमा ६४ प्रजातिका जलपंक्षी रहेका छन । त्यसैगरि १२ प्रजातीका चराहरु बिश्वकैं दुर्लभ सूचीमा परेका चराहरु छन । कैले टाउके, हास , राज धनेश , राज लाहाचे , भुरीफोर गरुड, सुनौलो तोप चरा , घेघ्री , घासे फिस्टो , लघु महाचिल लगायतका बिशवका दुर्लभ चराहरु यो सिमसार क्षेत्रमा पाईने गरेका छन ।
बर्ड सेन्चुरी घोषण सभामा सहभागी नेपालका पंक्षी बिशेषज्ञ हेमसागर बरालले वर्ड सेन्चुरीको घोषणाले चरा र उनिहरुको बासस्थान संरक्षणमा थप टेवा मात्रैं नपुगेर, पर्यटन बिकासमा मद्दत पुग्ने बताए । ‘चरा अवलोकन गर्न आउने पर्यटक कयौं दिन आशपाशको होमस्टेमा बास बस्छन’ उनले भने,‘ यो नेपालको पहिलो चारा गनतब्य स्थलनै बन्छ ।’उनले बर्ड सेन्चुरीको घोषणाले संरक्षण सम्वनधी गतिबिधि पनि बढने बताए ।
घोडाघोडी सिमसार क्षेत्रमा अन्य २४ वटा साना तालतलियाहरु पर्छन । यसको कुल सिमसार क्षेत्र १० हजार५ सय ७० हेक्टर छ । घोडाघोडी ताल वरपरको ६ हजार हेक्टर सिमसार क्षेत्रकलाई समेटेर चरा अभय आरण्य बनाइदै गरेको घोडाघोडी ताल तथा पर्यटन बोर्डका अध्यक्ष डिआर चौधरीले बताए ।
घोडाघोडी सिमसार क्षेत्र मंगोलिन र साइवेरिन चराहरुका लागि नेपालका चार वटा रुट मध्ये यो एक प्रमुखमैं पर्ने गरेको नेपाल पंक्षी संघका फिल्ड अधिकृत होरिलाल डगौराले बताए । उनका अनुसार जाडो चल्न लागि हिमालयन क्षेत्रबाट आउछन । गर्मि संगैं उनिहरु फर्कने गरेका छन । उनले यो क्षेत्र चराहरुका लागि जति सुरक्षित बनाउन सकियो, त्येति आगन्तुक चराहरु लामो सयम बस्ने र बढने बताए ।
घोडाघोडी क्षेत्रमा पाईने हरिहास रामसारमा सूचिकृतका लागि सूचक चरामा पर्छ । भारतको करेलामा पाइने नादुन हासले सन २०१४ देखि ब्रिडीङ गर्न लागेको उनले बताए । उनका अनुसार मानवबिय गतिबिधिा कारण घोडाघोडी सिमसार क्षेत्रका चराहरु संकटमा पर्दै आएका थिए । पछिल्लो पटक घोडाघोडी पर्यटन बोर्ड लगायत अन्य सरक्षण क्षेत्रमा काम गरिरहेका संघ सस्थाको काम र स्थानियमा आएको जागुरुताले भने सुधार भईरहेको उनको कथन छ ।
वोर्डका उपाध्यक्ष चौधरीले सेन्चुरी घोषणाले चरालाई पहिलो प्राथमिकतामा राखेर वनजंगल , सिमसार , जलाधार जैबिक बिबिधताका अन्य पाटोमा पनि काम गरिने बताए । उनले भने, यो सुदूपश्चिम प्रदेशको एक प्रकारको ब्रणड हुने छ ।’ चरा पर्यटनको समभवानकालाई बोकेर नगरपालिकाको वडा नम्वर ३मा माघी होमस्टे पनि स्थापना भएको छ ।