हामीले पाँच वर्षमा धेरै कुरा सिक्यौं । योजना बनिसकेका छन्, त्यसको कार्यान्वयन गर्ने प्रस्ट भिजन र कार्ययोजना हामीसँग छ । धेरै नयाँ चुनावी मुद्दा लिएर जनताको माझमा जानुपर्ने अवस्था छैन । गौरीफन्टा नाकालाई स्तरोन्नति गर्ने मुख्य कुरा छ । देउवाज्यू चार वर्षअगाडि भारत भ्रमणमा जाँदा गौरीफन्टा नाकालाई स्तरोन्नति र व्यवस्थित गर्ने सम्झौता भएको थियो । धनगढी एयरपोर्टलाई प्रादेशिक विमानस्थल बनाउन मेरो पहल हुनेछ । धनगढीलाई महानगरपालिका बनाउन पूर्वाधार खडा गरेर अघि बढाउनेछौँ । धनगढीलाई सफा, स्वच्छ, सुन्दर र सामाजिक सुरक्षायुक्त सहर बनाउने हाम्रो प्राथमिकता हो । यसलाई शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने योजना छ । खानेपानी, प्राविधिक विद्यालय व्यवस्थित गर्ने, हरेक घरमा एक जना उद्यमशील नागरिक बनाउने र धनगढीलाई सबै हिसाबले उत्कृष्ट सहर बनाउने अभियानमा लाग्नेछौं ।

इ-डटपेन 









