धनगढीलाई सफा, सुग्घर र व्यवस्थित बनाउनुपर्ने चुनौती छ, त्यो नै मेरो मुख्य एजेन्डा हो । भूमिसम्बन्धी समस्या हल गर्ने योजना छ । एक वडा एक कृषि बालीको अभियान सञ्चालन गर्ने योजना बनाएको छु । सबै नागरिकको स्वास्थ्य बिमा गर्ने, सुत्केरी आमाका लागि निःशुल्क एम्बुलेन्स, वृद्धवृद्धाको उपचारका लागि घुम्ती शिविर, सामुदायिक विद्यालयको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छु । धनगढीलाई मेघा सिटी हुँदै महानगरपालिकाका रूपमा विकास गर्ने गरी सहरी विकासका योजना बनाउनुपर्छ भनेको छु । म निर्वाचित भएँ भने धनगढीलाई व्यवस्थित सहर बनाउने काम अघि बढाउँछु । यहाँका जनताको साथमा रहेर सेवा गरेको छु र त्यही आधारमा जनताले विश्वासको मत दिनुहुन्छ भनेर ढुक्क छु ।

इ-डटपेन 









