धनगढी) सुदूरपश्चिमको राजधानी प्रस्तावित गरेको कैलालीको गोदावरी नगरपालिकामा नेपाली काग्रेसका बिरेन्द्र भट्ट बिजयी भएका छन । उनले एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाई गोर्कण भट्टलाई ४ हजार २ सय…मतको मतान्तरमा पराजित गर्दै बिजयी भएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बिजयी भट्टले १५ हजार ५सय १ मत ल्याएका छन । उनका निकट्त प्रतिद्धन्दी अर्का भट्टले ११ हजार २सय २४ मत ल्याएका थिए । उप मेयरमा भने एमालेकी शारदा देवी रोकायाले बाजी मारेकी छिन । उनले १०हजार ६ सय ७० मत लिएर गठवन्धनका उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई ६ सय ८७ मतमा पछि पारिन । कठायतले ९ हजार ९ सय ८३.मत प्राप्त गरेकी छिन ।
एमाले सुदूरपश्चिम इनचार्ज लेखराज भट्टले सहोदर भाई मात्रैं नभएर आफनो चुनावी क्षेत्र समेत रहेको गोदावरी नगरपालिकाको निर्वाचन उनको प्रतिष्ठा संग जोडिएको थियो ।

इ-डटपेन 









