सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोसी बाढी पिडितलाई २ करोड सहित मन्त्रिपरिषद्ले एक महिनाको तलव उपलब्ध गराउने

धनगढी – मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि प्रदेश सरकारका तर्फबाट रु। २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ।साथै
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय गरिएको छ।मुख्यमन्त्री र मन्त्रीहरको एक महिनाको तलब दिने निर्णय पनि गरेको छ ।
साथै भोटेकोशी बाढीबाट प्रभावित यहाँका नागरिकको उद्धार, राहत तथा सूचना सम्प्रेषणका लागि चौबिसै घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार एक अपिल जारी गरी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तगर्त चौबिसै घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको हो। प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र को टेलिफोन नं ०९१—५२१३२४, मोबाइल नं ९७६२४७९३२८ र मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीको मोबाइल नं ९७६१२०६७१९ मा सम्पर्क गर्न आह्वान गरिएको छ। यसैगरी नेपाल प्रहरीको १००, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र/जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४, सशस्त्र प्रहरी बल, नेपालको १११४, हेलो सरकारको ११११ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको ९८५१३२०२६९-९८४९२८१०९७ मा समेत सम्पर्क गर्न आग्रह गरिएको छ।
आजको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा क्रमशः गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।