धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माण भइरहेको बताए ।
मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा उक्त कुरा बताएका हुन । उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताएका छन । उनले महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, बादी तथा सुकुम्बासी समुदायमैत्री सरकार बन्ने दावी गरे ।
उनले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको भन्दै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए । दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने धेरै प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री भट्टको भनाई छ ।
राज्यले अझै धेरै विभेदको अन्त्य गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्रीले सबै समुदायको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिदै बादी समुदायका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

इडटपेन 


इ-डटपेन 




