धनगढी -सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभाबाट पारित भएको छ। बजेट निर्माणमा बेथिति भएको भन्दै प्रतिपक्षीको बहिष्कार र सत्तापक्षकै असन्तुष्टिबीचआरोप मंगलबार प्रदेशसभाले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट सर्वसम्मत पारित गरेको छ।
प्रतिपक्ष कांग्रेसले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने निर्णय गर्दैबैठक बहिष्कार गरेको थियो। बजेट पारित हुदा प्रतिपक्षीको बेन्च खाली थियो । सत्तारुढ दलकै सांसदहरूले समेत असन्तुष्टि जनाएका छन।
सत्ता पक्षका केहि सासंसदहरुले बजेट प्रति असन्तुष्टि जनाएपनि उनिहरुले तीन महिनादेखि जारी बजेट शून्यता अन्त्य गर्न बजेट पारित गर्नुको विकल्प नभएको बताएका छन ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

इडटपेन




इ-डटपेन 





