धनगढी) कैलालीको चुरे गाउपालिकाको अध्यक्ष पदमा एमालेका चक्र बहादुर बोगटी बिजयी भएका छन । उनले २४ मतअन्तरमा नेकपा एकिकृत समाजवादीका लोक बहादुर सारुलाई पराजित गरेका हुन ।
निर्वाचन अधिकृत राईभान कुन्जेडाका अनुसार निर्वाचित बोगटीले ३ हजार ३ सय ५ मत प्राप्त गरेका छन ।उनका प्रतिद्धन्दी पाच दलिय गठवन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका सारुले ३ हजार २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तैं उपाध्यक्ष पदमा भने पाच दलिय गठवन्धनका नेपाली काग्रेसकी उम्मेदवार धनादेवी थापा बिजयी भएकी छिन । उनले ३ हजार ४ सय ४९ मत प्राप्त गरेकी छिन । निकटत्म प्रतिद्धन्दी एमालेकी दिपा देवी साउदले ३ हजार १ सय २१ मत प्राप्त गरेकी छिन ।
६ वटा वडा रहेको चुरे गाउपालिकामा २, ४, ५, ६मा एमाले वडाअधयक्ष सहित पुरै प्यानेल बिजयी भएको छ ।वडा नम्वर १ र ३मा काग्रेसका वडा अध्यक्ष जितेका छन । वडा नम्वर ३मा काग्रेस रएमालेकी महिला सदस्य पदका दुवैले उम्मेदवार ले ३ सय ५२ मत लिएर वरावर मतभार प्राप्त गरेका छन । गोला प्राथाबाट बिजयी घोषणा गरिदैं छ ।

इ-डटपेन 









