लम्की चुहामा महिलाको नेतृत्व

धनगढी) कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुख र उप प्रमु दुवै पदमा युवा महिला नेतृ बिजयी भएकी छिन ।
नगरप्रमुखको नेपाली काग्रेसकी उम्मेदवार शुसिला शाही निर्वाचित भएकी छिन । उप प्रमुखमा एमालेकी जुना चौधरी बिजयी भएकी छिन । शाहीले १२ हजार ७ सय १३ मत ल्याएर बिजयी भएकी हुन । उनका निकट्त प्रतिद्धन्दी निर्वतमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईलाई दुई हजार बढी मतले हराएकी हुन । बजगाईले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन।
उप मेयरमा चौधरीले ११ हजार ७सय ८ मत प्राप्त गर्दै बिजयी भएकी हुन । उनका निकटत प्रतिद्धन्दी माओवादी केन्द्रकी जानकी कुमारी शाहीले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी हुन ।