गठवन्धनबाट कार्वाहिमा परेका काग्रेसका चौधरी बिजयी(धनगढी) सत्तासाझेदार गठवन्धनको कार्वाहिमा परेका नेपाली काग्रेसका उम्मेदवार राज समझ चौधरी कैलालीको कैलारी गाउपालिकाको अध्यक्षमा बिजयी भएका छन । उनले गठवनधनका आधिकारिक उम्मेदवार निर्वतमान गाउपालिका अध्यक्ष एंव माओवादीका लाजुराम चौधरीलाई ४ हजार ६२ … मतको मतान्तरमा पराजित गरेका छन ।
राजसमजले १० हजार ४ सय९२मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३०मत प्राप्त गरेका छन । उपाध्यक्षमा काग्रेसकी भागवती कुमारी चौधरी बिजयी भएकी छिन । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सतगौवा थारुलाई पराजित गरेकी छिन । लक्ष्मी सतगौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरेकी छिन । कैलारी गाउपालिका १ देखि ९ वडा सम्म प्यानेललै नेपाली काग्रेसलेजितेको छ ।
उम्मेवारी फिर्ता लिने बेला सम्म गठवन्धन दलमा सहमती नजुटदा नेपाली काग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रहेको थियो । उम्मेदवारी फिर्ता लिने समय सीमा सकिएपछि गठवन्धन दलले माओवादीका उम्मेदवार लाजुराम चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर गठवन्धनको उक्त सहमती र निर्णयलाई उलंघन गर्दै काग्रेसका रामसमज चौधरी प्रचारमा रहेका थिए । उनलाई स्थानिय काग्रेसले प्रचारमा साथ दिएका थिए ।
कागेसका जिल्लास्तर तथा केन्द्र स्तरका नेताहरु भने गठवन्धनको आधिकारिक उम्मेदवार नभएकोले खुलेर साथ दिएका थिएनन । उपाध्यक्षमा काग्रेसकी भागवती कुमारी चौधरी लाई आधिकारिकमानिएको थियो ।
माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दहाल आफैं कैलारीको चुनावी सभालाई सम्वोधन गर्दै काग्रेसले कैलारी गाउपालिकामा बेइमानी गरेको बताएका थिए ।

इ-डटपेन 









