कैलालीका चार स्थानियतह नागरिक उन्मुक्तीको कब्जामा

धनगढी) कैलालीको पुर्वी भेगका चार वटा स्थानिय तहको प्रमुख ÷उप प्रमुखमा नागरिक उन्मुक्ती पार्टी बिजयी भएको छ ।
सुदूरपश्चिम अखण्ड र थारुवान ÷थारुहट आन्दोलनबाट सिर्जित टिकापुर हिसात्मक घटनाका आरोपी रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती ३ महिना अघि मात्रैं निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानिय तहको टिकापुर ,जोशीपुर र भजनी नगरपालिकामा अधिकांस वडा सहित प्रमुख उप प्रमुखमा जितेको छ ।
‘टिकापुर हिसात्मक घटनाको प्रत्यक्ष प्रभावमा परेका थारु बाहुल्य स्थानिय तहमा नागरिक उन्मुक्ती पार्टी प्रति साहभुति प्रकट भएको देखिन्छ’ टिकापुरका भरत अधिकारील भने, ‘अव स्थानिय नेतृत्व नागरिक उन्मुक्तीलाई जनताले दिनुको अर्थ समाजिक सदभाव कायम राख्ने जनादेश दिनु पनि हो ।’
टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्तीका रामलाल डगौराले ९ हजार ६ सय ९२ मत लिएर बिजयी भएका छन । भजनी नगरपालिकामा केवल चौधरी रउप प्रमुखमा राजुतिरुवा जितेका छन । भजनी २०७४मा माओवादीले जितेको स्थानिय तह हो । माओवादीका चौधरी पुनः दोहेरिन खोजेका हुन ।
२०७४मा काग्रेसले जितेको जोशीपुर गाउपालिकामा नागरिक उन्मुक्ती पाटीका चित्र बहादुर चौधरी र उपाध्यक्षमारेखा देवी कठरिया बिजयी बिजयी भएका छन । जानकीमा उनमुक्तीकैं गणेश चौधरीको फराकिलो अग्रताका साथ जित भएको छ ।