सहकारी मल ल्याउन भैरहवा पुग्दैं

(धनगढी) धनगढी उपमहानगर ५का राष्ट्र सेवक सहकारी सस्था आफैले कृषि सामग्री केन्द्र भैरहवाको गोदामघरबाट ४२ क्वीन्टल डिएपी मिल ढुवानी गरेर ल्याएको छ । सुदूरपश्चिमको कृषि सामग्री केन्द्रबाट मल नपाउदा मल ल्याउन आफनै लगानीमा भैरहवा पुग्नु परेको सस्थाका अध्यक्ष लोकराज पनेरुले बताए ।
उनले कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिमको कोटाको मल भैरहवाबाट ढुवानी गरेर नल्याउदा सहकारी सस्थाहरु आफैंले बोक्नु परेको बताए । ‘सुदूरपश्चिमका लागि २१ सय ६९ मेटी«क टन भैरहवा गोदाममा रहेछ’ पनेरुले भने,‘ ढुवानी ठेकादारका कारण आपुर्ति कर्ता कम्पनी लिमिटेडले तत्काल ढुवानी गर्न नसक्ने जनायो । त्यसपछि क गर्ने ? किसानलाई मल चाहिएको छ । सहकारी सस्थाहरु आफैं ढुवानी गर्न मन्जुर भयौं । ’
सहकारी सस्था आफैले भैरहवाबाट ढुवानी गरेर बिक्री गर्दा किसानलाई ३ सय भन्दा बढी रुपैया प्रति क्वन्टल मलमा महंगो पर्न गएको छ । पनेरुका अनुसार कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीको गोदामबाट सहकारी सस्थाले ४ हजार ६ सयमा डिएपि प्रति क्वन्टील मल पाईथ्यो । किसानलाई दुरीको भाडा जोडेर ५ हजार सम्म किसानले डिएपी मल पाउथ्ये । अहिले सहकारी सस्था आफैले भैरहवाबाट ढुवानी गर्दा ५ हजार ३ सय प्रति क्वन्टल डिएपी मल बिक्री गर्नु परेको पनेरुले बताए । सहकारी सस्थाले सुदूरपश्चिमको कोटाको मल भैरहवाबाट प्रति क्वीन्टल ४ हजार ४ सयमा पाईरहेका छन ।
कृषि कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख नवल सिह बोगटीले सुदूरपश्चिमका लागि मल ढुवानी गर्ने ठेकेदारले ठेक्का सम्झौता भएजतिको परिणामको मल ढुवानी पहिल्यैं गरिसकेकोले थप ढुवानी गर्न नमानेको बताए । ‘ढुवानी सम्झौतामा आवश्यकता परेमा उल्लेखित परिणामको थप २५ प्रतिशत मल ढुवानी गर्नु पर्ने छ भन्ने सर्त पनि हुन्छ’ बोगटीले भने , ‘अहिले हामीले ठेकादार कम्पनीलाई पनि सम्झौतामैं भएको सर्त अनुसार २५ प्रतिशत थप मल ढुवानी गर्न भनेका थियौं तर थप ढुवानी गर्न मानिरहेको छैन ।’ उनका अनुसार ढुवानीकर्ताले डिजल पेट्रोल मुल्यदर बढेको कारण पुरानो सम्झौतामा थप ढुवानी गर्न अस्विकार गरेको छ ।केन्द्रीय कार्यालयले ढुवानीको अर्काे ब्यवस्था नगर्दा सम्म भैरहवामा रहेको गोदामको मल पनि ल्याउन नसकिएको हो।
किसानलाई रोपाई समेत शुरु भई सकेको बेला भैरहवामा थोरै परिणामका रहेको मल पाउन भनेर आफै ढुवानी गरेर ल्याउन चाहेकका सहकारी सस्थालाई भैरहवा गोदामलाई कोटाको मल उपलब्ध गराइ दिन पत्र काटि दिनेको उनले बताए ।
उनका अनुसार भैरहवामा रहेको २१ सय ६९ मेंटन डिएपी कैलालीका लागि १ हजार ३ सय , महेन्द्रनगरका लागि ६ सय र अछाम बधmांग बाजुरा बैतडी , दार्चुला र डडेलधुराका लागि ४ सय मेट्रिक टन छुट्टाइएको बताए ।
उनका अनुसार गएको बैशाखमा नेपाल भित्रिएको २० हजार मेट्रिक टन डिएपी मध्ये सुदूरपश्चिमका लागि छुट्टाएको २ हजार १ सय ८९ मेट्रिक टन भैरहवामा रहेको हो ।
उनले रोपाई सम्मका लागि डिएपी १० हजार मेट्रिक टन र युरिया १५ हजार मेट्रिक टनको आवश्यकता रहेको बताए । तर माग अनुसारको मल आउनेकुरामा उनी आफै शंका गर्छन । ‘माग आवश्यकता वरावर गर्छाै तर आधा जति पनि आउदैन’उनले भने, ‘त्यसैले सदैं मलको अभाव कैलाली र कञचनपुर जिल्लामा देखिने गरेको हो ।’
यता प्रादेशिक कार्यालय धनगढीको गोदाम घर मभने रित्तो छ । प्रादेशिक कार्यालयका स्टोर किपर रुपक कुवरले किसानले धानका बेर्ना देखिनैं मल पाउन नसकेको बताए । ‘बैशाख देखिनैं गोदाम रित्तो छ’उनले भने,‘
सुदूरपश्चिम प्रदेशको अन्नभन्डारको रुपमा रहेका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर हुन । यह“ाका किसानको जहिलेको गुनासो मलको समस्या रहदै आएको छ ।
कैलाली र कञचनपुरका जिल्ला भारत संग सीमा जोडिउका छन । सिमावर्ति किसानले सरकारको मल नपाउदा भारतबाट चोरी ल्याएको कम गुणस्तरको मल प्रयोग समेत गर्दै आएका छन । यसले किसानको उतपादकत्वमा कमी आउदैं गएको छ । माटो खराव हुदैं गएको पनि छ ।
भजनीका एक जना किसानले सरकारले भारतबाट मल समेत सहज रुपमा ल्याउन नदिदा सिमावर्ति किसानले मलको प्रयोग गर्न नसकेको बताए । ‘न त सरकार आफैं मल दिन सक्छ’ उनले भने, ‘ भारतबाट खुल्ला सिमाको कारण चोरेर मल ल्याउन सकिन्थ्यो । त्यो पनि ल्याउन दिदैंन ।’